चितवन, २ भदौ ।
मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । शुक्रबार दिउँसो २ बजे इच्छाकामना गाउँपालिका–६ चोर खोलामा पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।
पहिरो आइसकेपछि अहिले पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरोका कारण सवारी साधन रोकिँदा यात्रु अलपत्र परेका छन् ।
प्रतिक्रिया