७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

सिन्धुपाल्चोकको बलेफीमा पहिरो जादा अरनिको राजमार्ग अबरुद्ध



काठमाडौं, ३ भदौ ।
सिन्धुपाल्चोकको बलेफीमा पहिरो खसेपछि अरनिको राजमार्गमा गाडी चल्न सकेको छैन । शुक्रबार राति पहिरो खसेपछि गाडी गुडाउन नसकिएको प्रहरीले जनाएको छ ।
यस्तै काठमाडौंको बल्खुबाट मकवानपुरको फाखेल हुँदै हेटौंडा निस्कने सडक मर्मतका लागि भन्दै गाडी चलाउन रोक लगाइएको छ । अरु ठाउँमा सामान्य रुपमा गाडी चलिरहेका प्रहरीले जनाएको छ ।
यसैबिच सडक विभागले आफू आसपासका सडकमा कुनै समस्या भए मोबाइल एप्लिकेशन मेरो सडक मार्फत जानकारी गराउन आग्रह गरेको छ । त्यसको लागि बिग्रिएको वा भत्किएको सडकको फोटो खिचेर एप्समा राख्न विभागले आग्रह गरेको हो ।
विभागका प्रवक्ता दयाकान्त झाका अनुसार एप्समा फोटो राखेपछि सडकको लोकेसन तथा अवस्थाबारे सम्पूर्ण जानकारी सडक बोर्ड नेपाललाई हुन्छ र त्यो जानकारी अनुसार सम्बन्धित निकायले त्यसको मर्मत सम्भारको काम अघि बढाउँछ ।

 

प्रकाशित मिति : ३ भाद्र २०७४ शनिबार ००:००  ३ : ३६ बजे