१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

महासंघका मतदाताहरुको सूची सार्वजनिक



काठमाण्डौ, ३ भाद्र ।
आइतबारदेखि सुरु हुने नेपाल पत्रकार महासंघको अधिवेशनमा सहभागी हुने मतदाताहरुको सूची सार्वजनिक भएको छ । यो सूचीमा महासंघले ‘प्रदेश नं ८’ समेत उल्लेख गरेको छ ।
महासंघले सार्वजनिक गरेको सूची अनुसार महाधिवेशनमा कुल मतदाता स्वदेशबाट १५०८ जना छन् भने प्रवासबाट ८ जना मतदाता छन् ।
महासंघले काठमाडौं उपत्यकाका तीन जिल्लालाई ‘प्रदेश नं ८’ भनेको छ । जबकि देशमा संविधानमा ७ वटा मात्रै प्रदेशहरु छन् ।
महासंघका अनुसार प्रदेश नम्बर ८ अन्तरगत काठमाडौंमा सबैभन्दा बढी अर्थात् १५१ मतदाता छन् । त्यस्तै ललितपुरमा ६३ र भक्तपुरमा १६ गरी उपत्यकामा २३० जना मतदाता छन् ।

प्रकाशित मिति : ३ भाद्र २०७४ शनिबार ००:००  ३ : ५९ बजे