१८ आश्विन २०८१, शुक्रबार | Fri Oct 4 2024

कुल देउता हराएपछि एक थारु समुदायमा यस्तो विजोग !



बाँके, ४ भदौ ।
साउन २७ को बाढीले घर भत्किएपछि च्यापिएर कविराज थारुका तीन छोरीको मृत्यु भयो । तर ७ दिन वितिसक्दा पनि उनले मृतक छोरीको अन्तिम संस्कार गरेनन् । छोरीसहित घरको कुलदेउता पनि घरमै पुरिएपछि उनले अन्तिम संस्कार गर्न नपाएका हुन् ।
थारु परम्पराअनुसार किरिया बस्न कुल देउता अनिवार्य हुन्छ। किरिया बस्नुअघि कुल देउतालाई नुहाइदिएर उल्टो राख्ने चलन छ । तर कुल देउता नै पुरिए। शनिबार नेपाली सेनाले राप्ती सोनारी गाउँपालिका( ४ लालपुरका कविराजको भत्किएको घर उत्खनन गरी कुल देउता खोजिदिएको छ । कुल देउता भेटिए अब छोरीहरुको किरिया बस्छु’ उनले कान्तिपुरसँग फोनमा भने ’सेनाले बस्ने घर पनि बनाइदियो। अब जिउने सहारा मिलेको छ ।’
सेनाले उनका लागि टेन्ट बनाइदिएको छ । थारु समुदायको कुल देउता राख्न छुट्टै कोठा बनाइएको हुन्छ। थारु भाषामा कुल देउता राख्ने कोठालाई मिन्झारी भनिन्छ । जहाँ कुल देउता (माटोको हात्ती, घोडा, पाल र मूर्ति) राखिएका हुन्छन् । खुसीका बेला कुल देउतालाई रक्सीको छाकी चढाइन्छ ।
आजको कान्तिपुरमा समाचार छ ।

 

प्रकाशित मिति : ४ भाद्र २०७४ आइतबार ००:००  २ : १४ बजे