१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

पहिरो हेर्न जाँदा पुरिएर एकजनाको मृत्यु



कालिकोट, ४ भदौ ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कालिकोटको एस मोडमा पहिरो हेर्न गएका एकजनाको ज्यान गएको छ ।
शनिबार राति राजमार्गमा खसेको पहिरो हेर्न जाँदा त्यहि पहिरोले पुरिएर दैलेख महाबुअ गाउँपालिका–६ का जगतबहादुर शाहीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
यसैबिच अहिले पनि पहिरो खसिरहेकाले जुम्ला, मुगु र कालिकोटबाट सुर्खेत, नेपालगन्ज, काठमाडौं, धनगढी लगायतका ठाउँका लागि छुटेका गाडी बाटोमै रोकिँदा यात्रुलाई सास्ती भएको छ । पहिरो खसिरहेकाले हटाउन समस्या भएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७४ आइतबार ००:००  २ : ५५ बजे