२ फाल्गुन २०८२, शनिबार | Sat Feb 14 2026

बाढीपिडितलाई नेपाल ट्रक यातायात ब्यवसायी महासघंको सहयोग



अशोक पौडेल, जितपुर, ५ भदौ ।
नेपाल ट्रक यातायात ब्यवसायी महासघंले बाढीपिडितहरुका लागी आर्थिक सहयोेग गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई नगद रु. १५ लाख १ हजार १ सय एघार रुपैया बाढीपिडितलाई सहयोग गर्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको हो ।
नेपालभर रहेका ट्रक ब्यवसायीहरुको संस्थाबाट २२ वटा संस्थाले उतm सहयोग गरेको बाणगंगा यातायात ब्यवसायी समितिका कोषाध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रममा नेपाल ट्रक यातायात ब्यवसायी समितिका अध्यक्ष अर्जुन रानाभाट, महासचिव राजेन्द्र श्रेष्ठ, नारायणी ट्रक यातायात ब्यवसायी सघंका अध्यक्ष बद्री चौलागाई तथा तराई ट्रक यातायात ब्यवसायी सघंका अध्यक्ष ओम कार्कीको सहभागीता रहेको थियो ।
महासघंले प्रदान गरेको सहयोग बुझदै प्रधानमन्त्री देउवाले बाढिपिडितलाई यो रकमले धेरै टेवा पुग्ने बताउदै देशभित्रबाटै पनि अर्वौ सहयोग उठने बिश्वास लिनुभएको थियो ।

 

प्रकाशित मिति : ५ भदौ २०७४ सोमबार ००:००  ३ : ५० बजे