१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

सशस्त्र बन्दुकधारीको आक्रमणमा नौ गाउँलेको मृत्यु



मनिला, ५ भदौ ।
दक्षिण फिलिपिन्सको बासिलान प्रान्तको एक दुर्गम गाउँमा सशस्त्र बन्दुकधारीहरु गरेका आक्रमणमा परी नौ व्यक्तिको मृत्यु भएको छ ।
यस आक्रमणमा परी अन्य १० घाइते भएका छन । सोमबार बिहान ५० भन्दा बढी सशस्त्र बन्दुकधारीहरुले सो आक्रमण गरेका प्रहरी स्रोतले जानकारी दिएको छ ।
स्थानीय समयानुसार सोमबार बिहान ५ः३० बजे सो आक्रमण भएको थियो । ती बन्दुधारीहरुले गाउँलेहरुलाई गोली प्रहार र घरहरुमा आगजनी गर्दैै आक्रमण सुरु गरेका उक्त प्रान्तका प्रहरी निरीक्षकले जानकारी दिनु भएको छ ।
यस आक्रमणमा कुनै समूहको हात रहेको हो सोको परिचय नखुलेको प्रहरीले जानकारी दिएको छ । हालसम्म कुनै पनि समूहले यस आक्रमणको जिम्मा पनि लिएका छैनन ।
रासस÷सिन्ह्वा

प्रकाशित मिति : ५ भाद्र २०७४ सोमबार ००:००  ९ : १७ बजे