२७ भाद्र २०८१, बिहिबार | Fri Sep 13 2024

खुकुरी प्रहार घटनाको नेकपा एमाले सितगंगा नगरपालिकाद्धारा घोर भत्सर्ना



कपिलवस्तु ५ भदौ ।
नेकपा एमाले शितगंगा नगर कमिटीले आफ्ना कार्यकर्ता माथी भएको खुकुरी प्रहारको घोर भत्सर्ना गर्दै प्रेस बिज्ञप्ती निकालेकोे छ ।
शितगंगा नगरपालिका वडा नम्बर ३ ठाडा दहमा भाद्र ३ गते राति स्थानिय कृष्ण प्रसाद न्यौपानेको श्रीमती शारदा न्यौपानेले नेकपा एमालेका युवानेता किरण अधिकारीलाई पटक पटक फोन गरि हामी काठमाडौ जाने भन्दैे पसलको हिसाब किताव लिन आउनु भनि घरमा बोलाएको र उहाको श्रीमती शारदा न्यौपाने र एक जना स्थानिय महिला समेत साक्षी रहेको अबस्थामा आर्थिक लेनदेन हिसाव चलिरहेको बेला एकाएक अर्को कोठा बाट कृष्ण प्रसाद न्यौपानेले धारिलो हतियार खुकुरी प्रहार गरेका थिए ।
ज्यान मार्ने उदेश्यले सङ्घातिक आक्रमण गरि टाउकोमा पटक पटक प्रहार गरेको भन्दै दोषीलाइ कडा कारवाहीको माग समेत गरेको छ ।
नेकपा एमाले शितगंगा नगरपालिका सयोंजक बशन्त श्रेष्ठद्धारा जारी बिज्ञप्तिमा घटनापछि छिमेकीको सहयोगमा तत्कालै अधिकारीलाइ प्र्राथमिक स्वास्थ केन्द्र ठाडामा लगिएको थियो । तर अवस्था गम्भीर भएकाले बुटबल रिर्फर गरिएको जनाईएको छ । उहाको हाल क्रिमसन अस्पताल बुटबलमो हिजो टाउकोको सफल शल्यकृया पछि आइसियु कक्षमा उपचार भइरहेको जनाइएको छ ।
बिज्ञप्ति मार्फत नेकपा एमाले शितगंगाले सकंटको यस घडिमा घाइते किरण अधिकारीको शिर्घ स्वास्थ लाभको कामना गर्दै यसरी ज्यान मार्ने उदेश्य सहित पारिवारिक मिलेमतोमा गरिएको उक्त सङ्घातिक आक्रमण प्रति गम्भिर ध्याआर्कषण भएको र उक्त जघन्य घटनाको घोर निन्दा एवंम भत्सर्ना गर्नु भएको छ ।
साथै आगामी दिनमा समेत यस्ता जघन्य अपराधहरु हुन नदिन घटनाको सत्य तथ्य पत्ता लगाइ दोसीमाथी कडा भन्दा कडा कार्वाही गर्न सम्बन्धीत पक्षमा जोडदार माग समेत गरेको छ । आक्रमण बाट अधिकारीको टाउकोमा गम्भिर चोट लागेको छ ।

प्रकाशित मिति : ५ भाद्र २०७४ सोमबार ००:००  २ : ०५ बजे