१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

 कुशे औंसी, बाबुको मुख हेर्ने दिन मनाईयो



काठमाडौं, भदौ ५ ।
आज भाद्र कृष्ण कुशे औँसी अर्थात बाबुको मुख हेर्ने दिन । पितालाई विशेष सम्मान गरी मनाईएको छ । यस वर्षको भाद्र कृष्ण औँसी सोमबार परेकाले बिहान उठेर नबोलिकन स्नान गरेमा एक हजार गाई दान गरेबराबरको फल पाइने धर्म ग्रन्थ हेमाद्रीमा वर्णन गरिएको नेपाल संस्कृत विश्वविद्यालय वाल्मिकी विद्यापीठ धर्मशास्त्र विभागका विभागाध्यक्ष प्रा। डा। देवमणि भट्टराईले जानकारी दिनुभयो ।
यसैगरी आजका दिन दिवंगत पितालाई तर्पण, सिदा दान र श्राद्ध गरेर एवम् जीवित पिताप्रति आदर सम्मानका साथ मीठो खान तथा राम्रो लगाउन दिई बाबुको मुख हेर्ने पर्व मनाइन्छ ।
यस्तै यस पर्वलाई छोराछोरीले विभिन्न सामाजिक सञ्जालबाट पनि मनाएका छन् । सामाजिक संजाल फेसबुक, ट्वीटर लगाएतका सोसियल मिडियामा आफ्नो बुबाको फोटा राखी अहिलेका युवा पिढिले यस पर्वलाई मनाएका हुन । आजको दिन सामाजिक संजाल पिताको तस्बीरले भरिभराउ थियो ।

प्रकाशित मिति : ५ भाद्र २०७४ सोमबार ००:००  २ : १७ बजे