१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

गन्धर्व जातीको सारङ्गी पेशा हराउँदै, पश्चिमा संस्कृतिले जडा गाड्दै



दिपक अनुरागी, कपिलवस्तु ।
“मरिम भने राइफलको सिरानी”
“बाचिम भने यो बाटो फिरानी”
कपिलवस्तुको वाणगंगा नगरपालिकाका –६ गणेशपुरका टेक बहादुर गन्धर्वले सारङ्गीको साथमा गाउने यो गीत आजभोली मनमनै सुसेल्न बाध्य छन् । आधुनिक प्रविधिको बिकास संगै टेक बहादुरको सारङ्गी रेटेर जिविकोपार्जन गर्ने पेशा लोप हुने अवस्थामा पुगेको छ । उनी भन्छन्, ‘पेशा लोप भयो घरमै बसेर गित सुसेल्न बाध्य छु । ’ राज्यले आफुहरुको पेशालाई जर्गेना गर्न तर्फ चासो नदेखाएको उनको गुनासो छ । साथै अहिलेका युवा पिढीँ पनि यो पेशाबाट पलायन भएको उनको भनाई छ । नेपालमा लोकतन्त्र र गणतन्त्र नआउनु पूर्व गन्धर्व जातीले राजनीतिक परिर्वतन ल्याउनको लागि गीत संगितबाट राम्रै भुमिका खेलेका थिए ।
समाजमा हुने जातीय विभेद, वर्गिय असमानता, शोषण, महिला, बालबालिका, हत्या, हिंसा, आतङ्क, बेरोजगारी लगायत समसामायिक बिषयबस्तुमा आधारित रहेर गन्धर्व जातीले गितको माध्यमबाट समाजमा चेतना फैलाउने काम गर्दथे । तर आजभोली राजनीतिक परिर्वतन संगै फेरीएको व्यवस्थाले यि सबै गीत संगित हराउदै गएको टेक बहादुरले भनाई छ । ‘ गीत संङ्गित गन्धर्व जातीको पेशा मात्र नभई राज्यको संस्कृति ठान्न उनले आग्रह गरे । ’ आफुहरुले बजाउने गीतको रागको प्रयोग पनि विस्तारै हराउन पुगेको उनले बताए । आधुनिक प्रविधिको विकासले पश्चिमा संस्कृतिले जडा गाडेको तर आफुहरुको मौलिक संस्कृतिलाई वेवास्था गर्ने गरिएको उनले बताए ।
गन्धर्व समुदायका जिल्लाकै अगुवा राम बहादुर गन्धर्वले जातीय उत्थानको  लागि राज्यले महत्व दिनु पर्ने औल्याए । आफुहरुको संस्कृति हराउनुमा समाजिक विभेद प्रमुख कारण बनेको उनले धारणा छ । गन्धर्वले गित गाउँदै हिड्दा भिखारी भनि हेला गरेको उदाहरण उनले प्रस्तुत गरे । कतिपय ठाउँमा गन्धर्व जाती गाउँदै हिड्दा खान नपुगेर गाउँदै हिडेको जस्ता अवाञ्चित शब्दले गाली गर्ने गरेको उनले बताए । ‘ काम गर्न नसकेको कारण गाउँदै हिडेको भने होच्चाएर बोल्दा नयाँ पिढीले लाजको कारण पेशा अगाल्न नचाहेको उनले सुनाए । ’ उनले भने≤ ‘भारतबाट आएर देखाइने काटुन रुचाइयो तर हाम्रो संस्कृतिलाई अपहेलना गरियो । ’ भारतबाट नेपाल आई सर्प नचाउने, डम्फु बजाइ पैसा झार्ने ठाउँमा मानिसहरु धैरै जम्मा हुने तर गन्धर्वले गित गाउँदा सुन्न नचाहने उनको गुनासो छ ।
समाजलाई गीत संगितको माध्यमबाट सुसुचित गर्ने गन्र्धव जातीको पेशालाई जोगाउन राज्य लाग्नु पर्ने देखिएको छ । विभिन्न जातीको उत्थानमा राज्यले नितिगत व्यवस्था गरे पनि कार्यान्वयनको पाटो फितलो हँुदा सम्बन्धित समुदाय सम्म बजेट आइ पुग्न नसक्नु नेपालको संस्कृति जस्तै बनेको छ । गन्र्धव जातिको आवास निर्माणको योजना राज्यले लिएको भएपनि यस जिल्लामा त्यसको गन्ध पनि परेन् । गुल्मी, अर्घाखाँची लगायतका जिल्लामा राज्यको आवास कार्यक्रम लागु भएपनि कपिलवस्तुमा लागु हुन नसकेको गन्धर्वको गुनासो छ ।
विं.सं. २०७१ सालमा जिल्ला बिकास समिती कपिलवस्तुले गन्धर्व जातीलाई भनेर १ लाख बजेट छुट्याएको थियो । तर बजेट छुट्याए पनि बाड्ने बेला ठुलै झगडा मच्चिएको थियो । सारङ्गीको संरक्षणमा बजेट दिने बताए पनि आफु आफु बिच कसले कति लैजाने भन्ने बारे झगडा भएको थियो । कपिलवस्तुमा सबैभन्दा बढी गन्धर्व समुदायको बसोबास गर्ने स्थान वाणगंगा १२ गणेशपुर हो । जहाँ करिब ४८ घरका ३ सय जना गन्धर्व जाती छन् । यति धैरै जनसंख्यामा रहेको यस ठाउमा व्यवसायिक रुपमा सारङ्गी बजाएर जीविकोपार्जन गर्ने २ घर हुन । तिनै पनि अहिले लोप हुने अवस्थामा पुगेका छन् । अहिलेका पिढीले सारङ्गी बजाउने काम सिकेको देखिदैन् । आर्थिक समस्याको कारण कयौँ युवा बिदेशिएका छन् भने कोहि रोजगारीकै कारण भारतमा छन् । पुरानो संस्कृतिबाट जिविकोपार्जन गर्न समस्या भए पछि युवापिढीहरु बिदेशिएका हुन् ।

प्रकाशित मिति : ६ भाद्र २०७४ मंगलबार ००:००  १२ : ३४ बजे