१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

पत्रकार महासंघमा गोविन्द आचार्यको प्यानल विजयी



काठमाडौं, ६ भदौ ।
नेपाल पत्रकार महासंघमा गोविन्द आचार्य नेतृत्वको प्यानल निर्वाचित भएको छ । प्रदेश केन्द्रीय सदस्यमा मिश्रित परिणाम आए पनि पदाधिकारीमा आचार्य प्यानलका सबै उम्मेदवार विजयी हुनुभएको छ ।
प्रेस युनियन सहितका साना दल निकट पत्रकारको गठबन्धनबाट अध्यक्षमा निर्वा्चित आचार्यले प्रेस चौतारीका तीर्थ कोइरालालाई झण्डै एक सय मत अन्तरले हराउनुभएको हो ।
खुला उपाध्यक्षमा विपुल पोखरेल, समावेशी उपाध्यक्षमा दिलिप थापामगर, महासचिवमा रमेश विष्ट र खुला सचिवमा रामप्रसाद दाहाल विजयी हुनुभएको छ ।
महिला सचिवमा लक्ष्मी पुन, आदिवासी जनजाती सचिवमा उदय जीएम, मधेसी सचिवमा शीतलप्रसाद महतो, दलित सचिवमा रेमबहादुर विश्वकर्मा, एशोसियट सचिवमा प्रकाश थापा र कोषाध्यक्षमा राजेश मिश्र निवार्चित हुनुभएको छ । यसैगरी लेखा समिति संयोजकमा रोशन पुरी विजयी हुनुभएको छ ।

प्रकाशित मिति : ६ भाद्र २०७४ मंगलबार ००:००  १ : ३१ बजे