१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरीया बाढी पिडीतलाई राहत संकलन गर्दै



शिब भुसाल, दक्षिण कोरीया, ६ भदौ ।
पूर्वी नेपालका बाढी पिडितको सहयोगार्थ अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरीयाले राहत संकलनलाई तीव्रता दिएको छ । मंचले अर्घाखाँची स्थायी घर भई कोरीयालाई कार्यथलो बनाई बस्दै आएकाहरुबाट राहत संकलन गरीरहेको मंचका अध्यक्ष दिनामनी पौडेलले जानकारी दिनुभएको छ ।
उनले गत हप्ता देखि सुरु गरिएको अभियानमा आशा गरेभन्दा धेरै राहत संकलन गरीएको र यो हप्ता पनि संकलन गरेर नेपाल पठाईने जानकारी दिनुभएको छ ।
मञ्चले विगतमा पनि सामाजिक कार्य गर्दै आएकोमा यसपटक पनि त्यसलाई निरन्तरता दिएको र पीडितको लागि संकलित रकम भर्पर्दो माध्यमबाट, पारदर्शी तरिकाले पीडित समक्ष पुर्याउने संस्थाका उपाध्यक्ष तथा कार्यक्रमका संयोजक मीनराज पोख्रेल जनाउनुभयो ।

मञ्चले यस अघि पनि अर्घाखाँची मालारानि ४ ऊपल्ला बडाचौर निवासि मृगौला रोगि २२ वर्षीय पिताम्बर खनाललाई रु १ लाख ३० हजार सहयोग गरेको थियो । अचानक दुबै मृगैलामा समस्या देखिएपछि काठमान्डौंको ग्रिनसिटि अस्पतालमा ऊपचार गराईरहेका खनाललाई मञ्चले आर्थिक संकलन गरी सहयोग गरेको थियो ।

प्रकाशित मिति : ६ भाद्र २०७४ मंगलबार ००:००  ११ : ४५ बजे