७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मङ्गलबार राती देखि अवरुद्ध तम्घास–रिडी सडक खुल्यो



गुल्मी, ७ भदौ ।
वर्षाका कारण अवरुद्ध बनेको गुल्मीको तम्घास–रिडी खडक खण्ड सञ्चालनमा आएको छ । रेसुंगा नगरपालिका –१३, भँगारीमा सडकमाथिबाट पहिरो खसेपछि मंगलबार रातिदेखि सडक अवरुद्ध बनेको थियो ।
शसस्त्र प्रहरी गुल्मीका प्रहरी नायव उपरिक्षक चन्द्रप्रकाश सिग्देलको नेतृत्वमा गएको २१ जनाको टोलीले सडकमा खसेको ढुंगा र पहिरो हटाएपछि मात्र अवरुद्ध सडक सञ्चालनमा आएको हो । सडक खुलेपछि काठमाडौंबाट सदरमुकाम तम्घास आउँदै गरेका र तम्घासबाट पाल्पा, बुटवल र काठमाडौं जाँदै गरेका सम्पूर्ण सवारी साधन आ–आफ्नो गन्तव्यमा लागेको शसस्त्र प्रहरी प्रमुख सिग्देलले जानकारी दिनु भएको छ ।
त्यस्तै अविरल वर्षाका कारण गुल्मीको ईन्द्रगौंडा–रातडाँडा सडक खण्डसमेत मंगलबार रातिदेखि अवरुद्ध बनेको छ । वर्षाले सडकमा खाल्डाहरु परेको र सडकमाथिबाट ठाउँ–ठाउँमा पहिरो खसेका कारण ग्रामिण क्षेत्रवाट गुल्मीको सदरमुकाम तम्घास आउने दुई दर्जन भन्दा बढी सडकहरु समेत अबरुद्ध बनेका छन् ।

प्रकाशित मिति : ७ भाद्र २०७४ बुधबार ००:००  ४ : ४५ बजे