१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

आठवटा सम्झौता पत्रमा नेपाल र भारतबिच हस्ताक्षर



काठमाडौं, ८ भदौ ।
भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतबिच आठवटा सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।
आठ वटा सम्झौता मध्ये पुनर्निर्माण सम्बन्धी ४ वटा सम्झौता छन् । जसमा भूकम्प पछिको पुनर्निर्माणका लागि भारतले दिने भनेको १ अर्ब रुपैयाँको प्रयोग, स्वास्थ्य, शिक्षा र पुरातात्विक सम्पदाको पुननिर्माण सम्बन्धी छ ।
अन्य चार सम्झौता भने पुल पुननिर्माण, लागु औषध नियन्त्रण, नापतौल र चार्टर एकान्टेन सम्बन्धी छन् ।

तस्बिर -रोशन सापकोटा, रासस

प्रकाशित मिति : ८ भाद्र २०७४ बिहिबार ००:००  १० : १८ बजे