१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

नवनिर्वाचित अध्यक्ष आचार्य भन्छन् – गैरपत्रकार खारेज गर्ने अभियान थाल्छु



भक्तपुर, ८ भदौ ।
नेपाल पत्रकार महासंघका नवनिर्वा्चित अध्यक्ष गोविन्द आचार्यले गैरपत्रकार खारेज गर्ने अभियान सञ्चालन गर्ने बताउनुभएको छ ।
रफत सञ्चार क्बलले महासंघका पदाधिकारीको सम्मानमा बिहिबार आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले अबदेखि महासंको सदस्यता वितरण एवं नवीकरणमा सार्वजनिक सुनुवाइ मार्फत पत्रकार भएको पुष्टि गरेर मात्र सदस्यता वितरण गर्नेमा जोड दिनुभयो ।
अध्यक्ष आचार्यले भन्नुभयो, ‘पत्रकारिता पेशालाई नै शुद्धीकरण गर्न अबदेखि सार्वजनिकरुपमा सुनुवाइ गरेर मात्र महासङ्घको सदस्यता प्रदान गर्नेछौँ, यस अभियानबाटै अब गैरपत्रकार पाखा लाग्नेछन् ।’
उहाँले अझै पनि पत्रकारको पेशागत र भौतिक सुरक्षा नभएको भन्दै पत्रकारको पेशागत सुरक्षालाई महासंघले पहिलो मुद्दा बनाउने बताउनुभयो ।
महासंघका उपाध्यक्ष दिलीप थापामगरले महासंघलाई कुनै पार्टी र व्यक्तिको घर होइन पवित्र मन्दिर बनाउने बताउँदै पत्रकारको हकहित र सुरक्षाका लागि निरन्तर संघर्ष गर्ने र प्रेस स्वतन्त्रता पहिलो मुद्दा बनाउने दाबी गर्नुभयो ।

प्रकाशित मिति : ८ भाद्र २०७४ बिहिबार ००:००  १० : २२ बजे