२१ आश्विन २०७९, शुक्रबार | Fri Oct 7 2022

सेना परिचालनको स्वीकृति



काठमाडौँ, ८ भदौ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी असोज २ गते हुने तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान गर्नुभएको छ ।
राष्ट्रपतिले नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा उक्त स्वीकृति प्रदान गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
स्थानीय तह निर्वाचन सुरक्षा योजना, २०७३ मा व्यवस्था भएअनुसार नेपाली सेना र अन्य सुरक्षा निकायहरुलाई एकीकृत तथा समन्वयात्मक रुपमा परिचालन गर्ने राष्ट्रिय सुरक्षा परिषद्को सिफारिस र मन्त्रिपरिषद्को निर्णयबमोजिम प्रधानमन्त्रीले सेना परिचालनका निम्ति राष्ट्रपतिसमक्ष यही भदौ ५ गते सिफारिस गर्नुभएको थियो । रासस

प्रकाशित मिति : ८ भाद्र २०७४ बिहिबार ००:००  १० : २५ बजे