७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

आज गणेश चौथी पर्व मनाईंदै



काठमाडौं, ९ भदौ ।
आज गणेशको पूजाआजा गरी गणेश चतुर्थी पर्व मनाइँदैछ । तीजको व्रत समापन गरेको भोलिपल्ट गणेशको व्रत बस्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले बताउनुभयो ।
आज मध्यान्न ऋद्धि, सिद्धि सहितका गणेशको पूजा गरी अघ्र्य चढाउने गरिन्छ । भाद्र शुक्ल तृतीयाका दिन सुखद् दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका व्रतालुले आज जीवनमा बिघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने विधान गणेश पुराणमा उल्लेख गरिएको छ ।
मङ्गल चतुर्थीसमेत भनिने आजका दिन काठमाडौँका अशोकविनायक, जलविनायक, भक्तपुरको सूर्य्विनायक, कमलविनायकलगायत देशभरका गणेश मन्दिरमा भक्तजनको भीड लाग्छ ।
नेवार समुदायले आजको दिनलाई चथा पर्वका रूपमा मनाउँछन् । यस दिन बालबालिकालाई भटमास, मकै आदि भुटेका गेडागुडी अर्थात ‘छुस्यामुस्या’ बाँड्ने चलन छ ।

प्रकाशित मिति : ९ भाद्र २०७४ शुक्रबार ००:००  ४ : ०९ बजे