१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

आज सानो दसैँ ! नेवार समुदायले मनाउँदै



काठमाण्डौं, ९ भदौ ।
नेवार समुदायले शुक्रबार सानो दसैँको रुपमा लिइने चथा पर्व मनाउँदैछन् । हरेक वर्ष भाद्र शुक्ल चौथीका दिन बेलुकी चन्द्रमालाई चोर देवताको रुपमा पूजा गरेर चथा मनाउने गरिन्छ । त्यसैले आज चन्द्रमा हेर्यो भने चोरदोश लाग्छ भन्ने जनविश्वास छ ।
टोल टोलमा बेलुकी कुकुर भुक्न थालेपछि कौसीको कुनामा लिपपोत गरेर कमलको पात विछ्याएर कमलको फूल, चथास्वाँ, अदुवाको विरुवा, आरुको बियाँ लगायत विभिन्न भुटेका गेडागुडी, समयबजी, लगायत चढाएर चन्द्रमालाई पूजा गरिन्छ ।
आज पानी र्पयो भने दसैँमा पनि पानी पर्ने, आज राम्रो भयो भने दसैँ पनि राम्रो हुने जनविश्वास छ । त्यस्तै चथा जुन बार पर्दछ, दसैँको महानवमी र नेपाल सम्वतको नयाँ वर्ष पनि त्यही बार पर्दछ ।

प्रकाशित मिति : ९ भाद्र २०७४ शुक्रबार ००:००  ४ : १३ बजे