१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

दाङमा डेंगु रोगका विरामीहरु फेला परे



शरद रेग्मी, भाद्र ९ दाङ ।
दाङमा डेंगु रोगका विरामीहरु फेला परेका छन् । वर्षायामको अन्त्य संगै विरामीहरु फेला पर्न लागेका हुन । उनीहरुलाई तुलसीपुर स्थित सिटी अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।
पश्चिम दाङका विरामीहरु उपचारका लागि सिटी अस्पतालमा भर्ना भए पछि उनीहरुलाई डेंगु रोग देखा परेको अस्पताल एमडी डा. सुवोध कुमार शर्माले जानकारी दिनुभयो । उहांका अनुसार अस्पतालमा पांच जना डेगु रोगका विरामीहरु भर्ना भएका थिए ।
भर्ना भएका मध्ये स्थानिय वर्ष २३ की रेणु चौधरी र शान्तिनगर २ निवासी ३५ वर्षकी पुष्पा खत्री पांच दिन पछि अवस्था सामान्य रहेको हुदा आजज डिस्चार्ज गरिएको छ ।
त्यस्तै तुलसीपुर ६ निवासी राज कुमार चौधरी र तुलसीपुर ५ निवासी अनिता वि.क.लाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको अस्पतालका एविविस एमडी डां साहिल भुसालले जानकारी दिनुभयो । उहांका अनुसार मौसम परिवर्तन र लामखुटृेको टोकाई तथा पानीका कारण यो रोग लाग्ने गर्दछ ।
तुलसीपुर अस्पतालले ३ जना विरामीको सफल उपचार गरी उनीहरुलाई डिस्चार्ज गरिएको छ भने अन्य ३ जना लाई अस्पतालमा भर्ना गरेर उपचार गरिरहेको छ ।
यता जिल्लाका ठुला अस्पताल राप्ती अञ्चल अस्पताल र राप्ती उपक्षेत्रिय अस्पतालहरुमा अहिले सम्म डंगु रोगका विरामीहरु फेला नपरेको अस्पताल श्रोतले जानकारी दिएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७४ शुक्रबार ००:००  १ : ०० बजे