१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

डाक्टर भन्छन्, मौसमी फ्लूको संक्रमणमा सावधानी अपनाउ !



काठमाडौं, १० भदौ ।
मौसमी फ्लूको संक्रमण अझै कम हुन नसकेकोले सावधानी अपनाउन डाक्टरले सुझाव दिएका छन् । अझै पनि दैनिक १०–१५ जना कडा खालका रुघाखोकी लागेका बिरामी अस्पताल आउने गरेका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ ।
अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार केही दिनअघिसम्म दैनिक ४०–५० जना बिरामी अस्पताल पुग्ने गरेकामा अहिले त्यो संख्या घटेको छ ।
तर पनि मौसमी फ्लू एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले सावधानी भने अपनाउन उहाँको सुझाव छ । उहाँका अनुसार टाउको दुख्ने, ज्वरो आउने, घाँटी र जीउ दुख्ने, सास फेर्न गाह्रो तथा रुघाखोकीका बिरामी अहिले पनि अस्पताल पुग्ने गरेका छन् । खानपान र मौसमका कारण अझै पनि फ्लुको संक्रमण नरोकिएको डा. पुनले बताउनुभयो ।
मौसमी फ्लुबाट जोगिन धेरै भीडभाड भएको ठाउँमा नजान तथा सार्वजनिक गाडीमा ओहोरदोहोर गर्दा माक्स अनिवार्य लगाउन डाक्टरको सल्लाह छ । यस्तै उमालेको मात्रै पानी पिउन र बाहिरका खानेकुरा नखान पनि उनीहरुको सुझाव छ ।

 

प्रकाशित मिति : १० भाद्र २०७४ शनिबार ००:००  ३ : ५९ बजे