१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

रोजिनाज कलेक्सनवाट ब्रान्डेड कपडा विक्रि सुरु



दाङ ११ भदौ । घोराही उपमहानगरपालिका वडा नं. १५ स्थित उमेश मार्गमा वालवालिका तथा महिलाका लागि आवश्यक कपडा पाइने पसल रोजिनाज कलेक्सन खुलेको छ । घोराही १४ निवासी रोजिना सुवेदीले महिला तथा वालवालिका ब्रान्डेड र आधुनिक डिजाइनका कपडाको आवश्यकता पुर्तिका लागि पसल खोलेको जानकारी दिनुभयो ।
पसल स्थापना यसअघि नै गरिए पनि आइतवारदेखि सो पसलवाट समानको औपचारिक विक्रि सुरु गरिएको छ । महिला तथा वालवालिकालई आवश्यक पर्ने सम्पूर्ण ब्रान्डेड र आधुनिक फेन्सि कपडाहरु विक्रिका लागि राखिएको रोजिनाज कलेक्सनका प्रोप्राइटर रोजिना सुवेदीले बताउनुभयोे । बजारमा फेन्सि कपडा पसलहरु धेरै भए पनि ब्रान्डेड र आधुनिक डिजाइनका समान पाउन गाह्रो भएकाले ब्रान्डेड, आधुनिक डिजाइनका राम्रो र टिकाउ समान मात्र पसलमा पाइने उहाँको भनाई छ ।
हाल रोजिनाज कलेक्सनमा थाइल्यान्ड, हङकङ, चाइना लगाएतवाट लेडिज कुर्तासलवार, साडि, ब्याग, भेष्ट, पाइन्ट तथा वालवालिकाका लागि आवश्यक ब्रान्डेड र आधुनिक डिजाइनका समान ल्याएर विक्रि सुरु गरेको जानकारी दिनुभयो । पसल उमेश मार्ग सडकखण्डको नमस्ते वित्तिय संस्थाको छेउमा रहेको छ ।

प्रकाशित मिति : ११ भाद्र २०७४ आइतबार ००:००  ९ : ३७ बजे