११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

बाह्र सय घरधुरीलाई राहत वितरण



वृजराज कुशवाहा, नवलपरासी १२ भदौ ।
विकल्प नवलपरासीले यूनाईटेड मिसन टु नेपालको आर्थिक सहयोगमा १२ सय घरधुरीका परिवारलाई राहत वितरण गरेको छ ।

अबिरल बर्षाका कारण डुबानमा परी बिस्थापित हुनुपरेका बाढी प्रभावितलार्ई प्रतीघर २५ किलो चामलका साथै ३ किलो दाल, ३ लिटर तेल र १ प्याकेट नुन वितरण गरिएको विकल्प नवलपरासीका कार्यकारी निर्देशक माधव शर्माले बताउनु भएको छ ।

उपलब्ध गराईएको प्याकेटमा १ थान त्रिपाल, चिनि २ किलो, चना ३ किलो,पि फोम ४ मिटर, लुगा धुने साबुन ३ वटा, नुहाउने साबुन ३ वटा, मञ्जन १ वटा,दात माझ्ने ब्रस ६ वटा, काईयो १ वटा, झुल २ वटा, गम्छा १ र नङ्ग कटर १ थान रहेको छ ।

संस्थाले नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं. २ मा २०० घरधुरीलाई राहत वितरण गरेको छ भने वडा नं.३ मा १३० घरधुरी वडा नं.४ मा ३६५ घरधुरी वडा नं.५ मा ३८ घरधुरी वडा नं.६ मा २२७ घरधुरी वडा नं.७ मा १३५ घरधुरी वडा नं.९ मा २७९ घरधुरी गरी जम्मा ११९४ घरधुरी प्रत्यक्ष रुपमा लाभान्वित भएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७४ सोमबार ००:००  १ : २८ बजे