७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

अब नेपालमै हेपाटाइटिस ‘सी’ को औषधि उत्पादन



काठमाडौँ, १२ भदौ ।
हेपाटाइटिस ‘सी’को औषधिको उत्पादन नेपालमै शुरु भएको छ । म्याग्नस फर्माले पहिलो पटक नेपालमै हेपाटाइटिस सीको उपचारमा प्रयोग हुने ‘सोफोसबिभिर’ औषधिको उत्पादन शुरु गरेको हो । म्याग्नस फर्माका बजार निर्देशक सुधीरप्रकाश मास्केले म्याग्नसले हेपाटाइटिस ‘सी’को औषधि एक साताअघिदेखि ‘सोफुभिर’ नामबाट बजारमा पठाउन थालेको जानकारी दिनुभयो ।
नेपालमा हेपाटाइटिस ‘सी’ का धेरै बिरामी रहे पनि औषधि महँगो मूल्यमा विदेशबाट आयात गर्नु परेकाले स्वदेशमै उत्पादन थालिएको निर्देशक मास्केको भनाइ छ ।
बिरामीले आयातित हेपाटाइटिस ‘सी’का औषधि निकै महँगो मूल्यमा किन्नुपर्ने बाध्यता छ । नेपाली बजारमा एउटा ट्याब्लेटको मूल्य रु एक हजारदेखि एक हजार २०० सम्म पर्ने गरेको छ । एउटा बट्टामा २८ वटा ट्याब्लेट हुन्छ जसको मूल्य रु २८ हजारदेखि रु ३३ हजारसम्म पर्छ ।
म्याग्नसले उत्पादन गरेको औषधि बिरामीले प्रतिट्याब्लेट रु ८०० मा पाउन सक्ने बजारमा पठाएको छ जसअनुसार एउटा बट्टालाई २२ हजार ४०० पर्न जान्छ ।

प्रकाशित मिति : १२ भाद्र २०७४ सोमबार ००:००  १ : ३८ बजे