८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

पूर्वसांसद वीरबहादुर सिंहको निधन



काठमाडौं, १२ भदौ ।
नेकपा एमालेका पूर्व केन्द्रीय सल्लाहकार तथा पूर्वसांसद वीरबहादुर सिंहको ७७ वर्षको उमेरमा आइतबार निधन भएको छ । उहाँको काठमाडौं मेडिकल कलेज, सिनामंगलमा उपचारका क्रममा निधन भएको छ ।
मिर्गौलामा समस्या देखिएपछि उहाँलाई दुई हप्ताअघि अस्पतालमा भर्ना गरिएको थियो । विसं १९९७ मंसिर १ गते प्यूठानको लुङमा जन्मनुभएका नेता सिंह २०१५ सालदेखि नेपाल कम्युनिष्ट पार्टीको संगठित सदस्य हुनुहुन्थ्यो ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठसँग भारतको बनारसमा लामो सयमसम्म सँगै बस्नुभएका नेता सिंह विभिन्न प्रजातन्त्रिक आन्दोलनमा सरिक हुनुहुन्थ्यो ।
उहाँका तीन छोरा र दुई छोरी छन् । उहाँका छोरा अजय सिंहका अनुसार नेता सिंहको शवलाई अन्तिम श्रद्धाञ्जलिका लागि सोमबार २ बजे पार्टी केन्द्रीय कार्यालय, धुम्बाराहीमा राखिनेछ र बेलुका ४ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ । रासस

प्रकाशित मिति : १२ भाद्र २०७४ सोमबार ००:००  १ : ४७ बजे