८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

उपचार गर्ने पैसा नहुँदा दुई महिना देखी ओछ्यानमै थला, आफु सक्दो सहयोग गर्न परिवारको याचना !



बिमल योगी, दाङ, १५ भदौं ।
दाङको घोराही उपमहानगरपालिका वडा नम्वर ७ झारकट्टा निवासी डिल्ली परियार ओछ्यानमा थलिएको दुई महिना बढिभयो । गत असार ६ गते घरको बारदलीबाट खसेर गम्भीर घाइते हुनुभएकी नेपाली उपचार गर्ने पैसाको अभावमा ओछ्यानमै थलिन बाध्य हुनुभएको हो । बारदलीबाट खसेर घाइती भएकी नेपालीलाई कोहोलपुर मेडिकल कलेजममा १६ दिन सम्म राखेर उपचार गर्दा विसको इन्नाइस नभएपछि अस्पतालले भारतको लखनउ रिफर गरेको थियो । तर उपचारका लागि लखनउ लैजाने पैसा नभएपछि उहाँलाई घरमै ल्याएर राखिएको छ ।
शरिरको मेरुदण्ड भाचिएकी नेपालीको कम्मर देखि मुनिको भाग चल्दैन । दिशा पिसाव आएको समेत थाहा नपाउने उहाँलाई दुई महिना बढि ओछ्यानमा राखिदा थप अर्को समस्या आई लागेको छ । अहिले डिल्लीको साप्रोमा करिव एक भित्ता गहिरो घाउ बनेको उहाँका श्रीमान बालगोविन्द परियारले बताउनुभयो ।
रातदिन श्रीमतीको स्याहार सुसारमा खटिएका उहाँले दिनप्रति दिन घाउ ठुलो र मासु गल्दै गएको बताउनुभयो । ढाडको मेरुदण्ड भाचिए पछि श्रीमतीले राम्रो संग खान समेत छाडेको उहाँले बताउनुभयो । अहिले पानीको भरमा बाचीरहेको डिल्लीले बताउनुभयो । कम्मर देखीतलको भागले काम गर्न छाडे पनि बोलचाल गर्न भने सक्नुहुन्छ ।
उपचारका लागि करिव ८० हजार ऋण सापट गरेर खर्च गरेको र अव एक रुपैया पनि भएकाले उपचारमा आवश्यक सहयोग गरिदिन उहाँले सवैमा अनुरोध गर्नुभएको छ । एक तिर मेरुदण्ड भाचिएको र अर्को तिर साप्रामा बनेको घाउ गल्दै गएकाले तत्काल उपचारमा लागि अस्पत्ताल लैजानुपर्नेमा पैसाकै अभावले रोकिएको उहाँका श्रीमान नेपालीले बताउनुभयो । यसैविच नेपालीको उपचारका लागि वडा नम्वर ७ का वडा अध्यक्ष खोपीराम चौधरीले दुई हजार रुपैया सहयोग गर्नुभएको छ ।

 

प्रकाशित मिति : १५ भाद्र २०७४ बिहिबार ००:००  २ : २० बजे