१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

सेती अञ्चल अस्पतालको हेलचेक्राइले बालकको ज्यान गयो



धनराज कटेल, कैलाली, १७ भाद्र ।
कैलालीको धनगढीमा रहेको सेति अञ्चल अस्पतालको हेलचेक्राइका कारण एक बालकको मृत्यु भएको छ । सर्पले टोकेपछि उपचारका लागि अञ्चल अस्पतालमा भर्ना गरिएका कञ्चनपुर शुल्का फाटा नगरपालिका वडा नम्बर ११ का ८ बषिय जनक बिष्टको आवश्यक प्रक्रिया पुरा नगरी अञ्चल अस्पतालले नेपालगन्ज रिफर गरेपछि उनको बाटो मै मृत्यु भएको हो ।

शनिबार बिहान घरमा सुतिरहेका बेला जनकलाई सर्पले टोकेको थियो । उपचारका लागि परिवारले सेति अञ्चल अस्पताल पु¥याएको केहि समय मै उनलाई नेपालगन्ज रिफर गरिएको थियो । तर भेरी अञ्चल अस्पतालका डाक्टर टीकापुर भएकाले आफन्तले बिरामीलाई टीकापुर स्थित साथी अस्पतालमा पु¥याएका थिए । तर अस्पताल पुग्ने बितिकै बालक लाई डाक्टरले मृत घोषणा गरेका थिए ।

डाक्टरका अनुसार सेति अञ्चल अस्पतालले सपोटिप टिटमेन्ट, अक्सिजन र ई.टी.पी.ट्रयुव नदिएर रिफर गर्दा मृत्यु भएको भेरी अञ्चल अस्पतालका एक जना डाक्टरले नाम नबताउने शर्तमा बताए । मृतक वालका बुवा धन बहादुर बिष्ट भने “अञ्चल अस्पतालबाट हिड्दा सम्म छोरा राम्रो संग बोल्दै थियो सुखडमा आएपछि बोल्नै छोड्यो हामीले त्यतिकै टीकापुर पु¥यौ उ बाटो मै गइसकेको रहेछ ” भावुक हुँदै भने ।

यस बिषयमा सेति अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सजन केसीले केस जटिल भएकाले अञ्चल अस्पतालले सबै प्रक्रिया पुरा गरेर बिरामीलाई नेपालगन्ज रिफर गरिएको मायादेवी अनलाइन समक्ष तर्क गरेका छन् ।

यता कैलालीमा मात्रै बैश्वाख देखि साउन सम्मको ४ महिनाको अवधिमा सर्पको टोकाइबाट कैलालीमा ११ जनाको मृत्यु भएको छ । सेति अञ्चल अस्पतालका इमरजन्र्सी वाड इन्चार्ज कृष्ण बोहोराका अनुसार ४ महिनाको अवधिमा जम्मा ८१ जना सर्पदंशका बिरामी उपचारका लागि सेति अञ्चल अस्पतालमा गएका मध्य ७ जनाको बाटौ मै मृत्यु भएको र ४ जनाको उपचारका क्रममा मृत्यु भएको उनले जाकारी दिएका छन् ।

 

प्रकाशित मिति : १७ भाद्र २०७४ शनिबार ००:००  ४ : ३५ बजे