१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

निष्ठुरी बाबुआमा, जसले तीन बालबालिका छाडेर हिडे !



अर्घाखाँची, १९ भदौ ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१२ बांगलाको जर्रे खोलामा बुवाआमाले छोडेर हिँडेपछि तीन बालबालिका अलपत्र परेका छन् ।
डिभर्ना र ठुलापोखराको बिचमा पर्ने जरेखोलामा गिट्टी बालुवा तथा अन्य कामगरी जीविका चलाउँदै आएका बुवाआमाले छोडेर गएपछि तीन बालबालिकाको विचल्ली भएको हो ।
उनीहरुको स्थायी घर मालारानी गाउँपालिका हंशपुर हो । दुई वर्षकी छोरी र चार र ६ वर्षका छोरा छोडेर आमा अर्कै बिहे गरेर गएपछि बालबालिका समस्यामा परेका हुन् । आमाले छोडेर गएको दुई महिनासम्म बुवाले रेखदेख गर्दै आएकोमा अहिले बुवाले पनि उनीहरुलाई छोडेर गएका हुन् ।
बालबालिका अलपत्र रहेको थाहापाए पछि सन्धिखर्क–१२ का वडाध्यक्ष नारायण खड्काले उनीहरुलाई आफ्नो घर ल्याउनुभएको छ । अहिले वडाध्यक्ष खड्का र पत्रकार सहयोगी विसीले बालबालिकाको हेरविचार गरिरहनु भएको छ । बालबालिकाको अभिभावकको खोजी भइरहेको वडाध्यक्ष खड्काले बताउनुभयो ।

प्रकाशित मिति : १९ भाद्र २०७४ सोमबार ००:००  १ : ४९ बजे