१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

प्रथम ऐतिहासिक अमरापुरी महोत्सव हुने



नवलपरासी, १९ भदौ ।
नवलपरासीको गैँडाकोट नगरपालिकाको अमरापुरीमा प्रथम ऐतिहासिक अमरापुरी महोत्सव हुने भएको छ ।
अमरापुरीको धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रको विकास गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको रेन्बो युथ क्लब अमरापुरीका अध्यक्ष एवं महोत्सव मूल समारोह समितिका संयोजक विवेक न्यौपानेले जानकारी दिनुभयो ।
अमरापुरी क्षेत्रलाई सिंगो देशभर चिनाउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको उहाँले बताउनुुभयो । आउँदो असोज–३ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने महोत्सवमा कूल १०० कक्ष रहनेछन् ।

प्रकाशित मिति : १९ भाद्र २०७४ सोमबार ००:००  २ : ०४ बजे