१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

अर्घाखाँचीमा चार सय वर्ष पुरानो शिलालेख फेला



अर्घाखाँची, २० भदौ ।
अर्घाखाँची जिल्लाको शीतगंगा नगरपालिकाको जलुके नौमुरेमा परापूर्व कालमा लेखिएको शिलालेख फेला परेको छ ।
शीतगंगा नगरपालिकाको रातामाटा नौमुरेमा एउटा ढुङ्गामा परापूर्व कालमा नेपाली भाषामा लेखिएको अभिलेख फेला परेको हो । शिलालेखमा मिति १६८५ साल चैत्र १३ गते रहेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी नारायण खत्री नौमुरे जलविद्युत आयेजना स्थल हेर्न जाने क्रममा शिलालेख भेटिएको हो । श्री लेखिएकोले कुनै सरकारी तर पुरानो अभिलेख हुनसक्ने वा राप्ती नदिले बगाएर ल्याएको हुनसक्ने अनुमान गरिएको अर्घाखाँचीका सहायक प्रजिअ खत्रीले बताउनुभयो । पुरानो लिपी भएकाले तस्बिरहरु फोटो विज्ञलाई पठाएको सहायक प्रजिअ खत्रीको भनाई छ । शिलालेख ठूलो ढुङ्गामा रहेको र गाढिएको अवस्थामा फेला परेको छ ।

प्रकाशित मिति : २० भाद्र २०७४ मंगलबार ००:००  २ : ०७ बजे