११ आश्विन २०७९, मंगलबार | Tue Sep 27 2022

सरकारी सेवा प्रवाहमा सरलता



विष्णु घर्ती ‘भनभनेली’
 सुभारम्भ 
सेवाग्राहीहरूसम्म सरकारका बुहआयामिक सेवामुखी कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । यस्ता सेवाहरू सरल रुपमा उपलब्ध गराउ“न अनेक खालका सरकारी संरचनाहरु खडा भएका छन् । यिनै संरचनाहरु मार्फत कर्मचारीले सेवा प्रवाहमा जीवन्तता दिएका छन् । मान्छेको जन्मपूर्वदेखि मृत्यु प्रयन्तसम्म सरकारले नै हेरविचार वा रेखदेख गरेको स्थिति छ । जसले सेवाग्राहीका सबै चाहनाहरू परिपूर्ण हुन सकेका छैनन् । यस सवालमा के भन्न सकिन्छ भने सरकारको संरचना, उसको कार्यक्ष्ँेत्र, कार्यसंस्कृति, सेवा वितरणको स्थिति, उत्तरदायित्वको न्यूनता, अपारदर्शिता, अति भ्रष्ट आचरण, उत्प्रेरणा, मनोवल, अनुशासन र नैतिकतामा रहेको गिर्दो अवस्था, कमजोर अनुगमन÷मूल्याङ्कन पद्धति जस्ता विषयले सेवा प्रवाहमा जटिलता थपिएको हो ।

समुन्य कुनै पनि क्षेत्र वा विषयमा सुधार गर्नका लागि उक्त क्षेत्र÷विषयमा रहेका कमि कमजोरीहरूलाई प्रारम्भ भई सोधखोज गर्नुपर्ने हुन्छ । त्यसैले यस छलफलमा पनि यसो हुनुका कारणहरू खोज्ने प्रयास गरिएको छ ।

 सेवा प्रवाहमा जटिलता आउनुका कारण 
— संरचना – सेवाग्राहीका नजरमा हाम्रा विद्यमान सरकारी संरचनाहरू केही मात्रामा बोझिला भनिएका छन् । गा.वि.स., इलाका, जिल्ला, अञ्चल, क्षेत्रीय, विभाग हु“दै मन्त्रालयसम्म एउटैै निकायमा संरचनाहरू खडा भएका छन् । यसो हु“दा सेवा प्रावहमा मगउष्अिबतष्लन हुने र कतै हु“दै नहुने अर्थात नबउष्लन रहने स्थिति जताततै देखिन्छ । एकभन्दा बढी निकायबाट एकै प्रकृतिका कार्यहरु सम्पादन हु“दा उक्त कार्यक्रमको खासै औचित्य नदेखिने, दोहोरो रुपमा स्रोत, साधन र समयको खर्च हुने र उपलब्धी न्यून रहने हुन्छ । एउटा संरचनामा एक जना कर्मचारीले कति सेवा प्रवाह गर्न सक्दछ त्यसको खास पहिचान हुनै सकेको छैन ।

— सेवा प्रवाहको क्षेत्र -सरकारको सेवा प्रवाह गर्ने क्ष्ँेत्र वा कार्यक्षेत्र अत्यन्तै व्यापक बन्दै गइरहेको अवस्था छ । कतिपय गैरसरकारी संघ संस्थाबाट सञ्चालन भएमा कुनैपनि फरक नपर्ने खालका कार्यमा पनि सरकारको सहभागिता देखिन्छ । यसैले बोझिलो बन्नमा मद्धत पु¥याएको छ । निजी क्षेत्र, स्थानीय निकाय तथा सरोकारवालाहरू, गैर सरकारी संस्था, नागरिक समाज तथा लोक हीतका लागि स्थापित अनेक समूह तथा सञ्जालहरूलाई परिचालन गरी सरकार आफूले सरल र सहज हुने खालका नीति निर्णय गरी सहजकर्ताको रुपमा उभ्याउनु अपरिहार्य छ ।

— कार्य प्रक्रिया – तत्कालै सम्पादन गरिनुपर्ने कार्यको लागि अति धेरै प्रक्रियाहरूको निर्माण गरिएको छ । जसले लगन पछिको पोते जस्तै साबित गरेको छ । कतिपय स्थानमा निर्णयको अन्तर धेरै देखिन्छ । फारामहरू व्यवहारिक देखिंदैनन् । यता जाने उता जाने कुरा मात्र हुन्छन् । पूरानै प्रक्रियालाई अघोषित रुपमा लागू गरिएको छ । नविनत्तम मान्यतालाई कम आत्मसाथ गरिएको छ ।

— अपारदर्शिता -जसप्रति पारदर्शिता हुनु पर्ने हो त्यसैप्रति झन् बढी मात्रामा गोप्य राखिन्छ । सेवाग्राहीलाई सेवा लिंदा वा सो बारेमा जान्न खोज्दा सबै विषयहरुलाई देखाउनु पर्नेमा कोही जान्ने सुन्ने लाई मात्र भनिन्छ । सर्वसाधारणलाई भने तिमीहरुलाई के चा“सो छ र भन्दै पञ्छ्याउने र पन्छिने गरिएको पाइन्छ । सु–शासनको नारा केवल घोषित मात्र नभई आफै भित्र भासिएको महशुस हुन्छ ।

— उत्तरदायित्व -जसले कार्य सम्पादन गर्दछ त्यस कामका लागि, ऊ नै उत्तरदाता हुनुपर्ने हो, तर त्यस्तो छैन, जसले काम गर्छ, त्यसको उत्तर अर्कोले दिने हो भनेर अरुतिर पञ्छाउ“छ । यसरी खासमा उत्तरदाता को हो भनी छुट्याउनै गाह्रो देखिन्छ ।

— उत्प्रेरणा संस्कृति – प्रेरणाको स्रोत अति न्यून छ । उत्प्रेरणाको अनुसरण गर्न सकिने छैन । संस्कृति त्यस्तै तुच्छ खालको छ । तटस्थ हुने कुरा मात्र आएको छ । हाम्रा मानिसहरूको स्थान हावी छ र राम्रा मान्छेको दावी कतै छैन ।

— अनुशासन÷आचरण ः आङ्खनो कार्य सम्पादनप्रति दत्तचित्त रहनुको सट्टा नेताका पिछलग्गु भई हिड्ने प्रतिष्पर्धा छ । सेवाग्राहीलाई सम्मान भन्दा बढी अमानवीय खालको व्यवहार दर्साइन्छ । व्यक्तिगत फाइदालाई शिरोपर गरिन्छ । न्यूनतम आचरण कसैमा छैन र अधिकत्तम भ्रष्ट आचरणले डेरा जमाएको छ ।

— अनुगमन÷मूल्याङ्कन – यस कार्यलाई बढी जसो कागजमा मात्र सिमित पारिएको देखिन्छ । प्रभावकारी रुपमा प्रयोग गरि“दैन । अनुगमन÷मूल्याङ्कनले समग्र कार्य सेवाको सही पहिचान गराउनुको सट्टा जस्तो काम भएको छ त्यस्तै खालकोे अनुगमन÷मूल्याङ्कन भएको बनाइन्छ । कार्य गराउने जिम्मा पाएकाको सानो पनि प्रभावमा मूल्याङ्कनकर्ता पर्दछ ।

यति भइसके पछि सरकारी सेवामा थप सरलता गर्नका लागि माथि उल्लिखित कारणहरूको न्यूनिकरण गरियो र देहाय अनुसारका चरणका कार्यहरू गरियो भने अवश्य पनि सरलता र सहजता हुनेछ भन्ने अपेक्षा गर्न सकिन्छ ।

 प्रशासकीय नेतृत्वले निर्वाह गर्नुपर्ने दायित्व 
— महशुस हुने गरी आम जनमानसमा शान्ति, सुरक्षा र स्थायित्वको प्रत्याभूत गर्ने ।
— राजनैतिक नेतृत्वलाई नीति निर्माणमा सहयोग गर्ने, राजनीतिमा होइन ।
— व्यापारिक सेवाको सक्षम व्यवस्थापन गर्दै सामाजिक, आर्थिक परिवर्तनलाई संस्थागत गर्ने ।
— समाजका कमजोर तथा पिछडिएका वर्गको संरक्षण गर्ने ।
— जनताका भलाईमा हरबखत सिर्जनशील बन्ने ।
— सार्वजनिक नीतिका सवालमा जनमतलाई अङ्गिकार गर्ने ।
— आर्थिक विकासका सन्दर्भमा समग्र प्रकाशनलाई केन्द्रित तुल्याउने ।
— कार्यस्थलमा खटिएका कर्मचारीहरुलाई सदावहार उत्प्रेरणा र मनोवल प्रदान गर्ने ।

 सरकारका तर्फबाट गरिनुपर्ने अल्पकालिन सुधारका सर्तहरुः
– बैज्ञानिक तथा सर्वमान्य व्यवस्थापनको पद्धति मुताविक प्रशासनलाई सञ्चालन गर्ने ।
– सरकारी संलग्नतालाई क्रमशः र निरन्तर रुपमा कम गर्दै जाने ।
– सेवाग्राहीको चाहाना अनुसार आधुनिक काम गर्दै लैजाने ।
– नया“ नेतृत्वको विकास र आत्मसाथ गर्दै जाने ।
– प्रशासनिक क्षेत्रमा व्यवसायिकताको अभाव हुन नदिने ।
– राजनीतिक हस्तक्षेपलाई न्यूनिकरण गर्ने ।
– जनमुखी तथा व्यवहारिक विकेन्द्रीकरणको नीति अबलम्बन गर्ने ।
– प्रशासनिक मूल्य मान्यताको धरोहरलाई अझ बलियो पार्ने ।
– उत्तरदायित्वबाट च्यूत हुनेलाई पदमुक्त गर्न पनि पछि नपर्ने ।
– स्रोत साधनको उपयोग सेवा प्रवाहका खातिरमा अधिकत्तम रुपमा गर्ने ।
– कार्य सम्पादनमा दूरदृष्टि राखेर उत्प्रेरित हुने संस्कृतिको विकास गर्ने ।
– कार्य गर्ने वातावरण सुरक्षित छ भन्ने प्रत्याभूति प्रदान गर्ने ।

 दीर्घकालीन सुधारका निमित्त चालिनु पर्ने सरकारी कदमहरु 
– सेवा प्रवाहमा हुने प्रभावकारीताका लागि गै.स.स., नागरिक समाज, निजी क्षेत्र तथा स्थानीय निकायलाई अधिकत्तम परिचालन
गर्दा उनीहरूले सम्पादन गरेका कार्यमा देखिएको कमी कमजोरीलाई औल्याई सुधार गर्ने ।
– विद्युतीय साधनका माध्यमबाट पूर्ण गुणस्तर ब्यवस्थापनमा अगाडि बढ्नका निम्ति कार्य सम्पादन गर्ने र निर्णय गर्ने तीन तह
भन्दा बढिको संरचना बनाउनु हु“दैन ।
– एकै खालका कार्य सम्पादन गर्ने संरचनालाई मर्ज गर्ने र निरन्तर रुपमा पुनरावलोकन गर्ने ।
– नागरिक बडा पत्र बमोजिम काम भएन किन भएन र उस्तै कार्य निजी क्षेत्रबाट हुदा“ कसरी छिटो हुन्छ सोको कारण पत्ता लगाई
तुलानात्मक विश्लेषणबाट व्यवहारिक अवलम्बन गर्ने ।
– कुनै काम गर्ने जिम्मा आएको छ भने, सोको पूर्ण अधिकार लिएर त्यसबाट उत्पन्न हुने जवाफदेहीता पनि आफैले बहन गर्ने गरी
आफैबाट सुरुवात गर्ने, पारदर्शी संस्कृतिको विकास गर्ने, सु–शासनलाई नारामा मात्र सिमित होइन, त्यसलाई नाराको माध्यमबाट
गहिरो रुपमा जोतेर सु–शासनको सुन्दर फूल फुलाउनु पर्दछ ।
– एकै निकाय वा फरक निकायमा काम गर्ने र नगर्नेको विचमा विभेदिकरण गर्दै यथोचित मान सम्मान वा पुरस्कार र दण्डको
छिटो र छोटै भएपनि उपलब्ध गराउनु पर्दछ ।
– पक्षवाद भइहाल्छ किन विवादमा पर्ने भनेर यस्ता कार्यहरु गरेको पाईदैन । त्यसो गर्नु दिनु हुदैन बाध्यकारिता रहनु पर्दछ ।
– मूहानमै चुहान भएपछि धारामा स्वच्छ पानीको कल्पना कसरी गर्ने ?
– नीतिगत रुपमा माथिल्लो तहबाट अत्यधिक मात्रामा भ्रष्ट आचरणहरु पर्दशन भईरहेका पाइन्छन् । यस प्रचलनको अन्त्यमा लाग्नु
पर्दछ । तल्ला स्तरले सिक्ने कसबाट होर ?
– योग्य र सक्षम मानिसलाई मात्र हाम्रा मानिसहरू बनाउन आजैबाट सिक्नु प¥यो । हाम्रा सबै माग सक्षम र योग्य हुन् भन्ने दृष्टि
भ्रमलाई यही बाटोमा हिड्नु प¥यो ।
– जसरी मसी भए कलमले सरसर्ती लेख्छ, त्यस्तै सत्प्रेरणा भए कर्मचारीले विना रोकटोक काम गर्छ । माथी भनिएकाबाट यसो गर
र उसो गर मात्र भनिन्छ । नीति नियम अनुसार गर्नेलाई मुस्किल छ, गैर मौद्रिक उत्प्रेरणाका तत्वलाई बढाई रहनु पर्दछ ।
– सेवा प्रवाहको क्षेत्रमा आईपर्ने समस्या सामधानका लागि नियमित अनुगमन गरी उतिखेरै उपायहरु औल्याउन सक्ने संयन्त्रको
निर्मााण गरिनु जसरी देखिन्छ । यो बर्ष गरिएको मूल्याङ्कनबाट देखिएको कमजोरीलाई निरन्तता दिने गरिएको छ । यसलाई
हटाउनु पर्दछ ।

 टुङ्गोमा 
समग्रमा चलेको छ चल्दै जान्छ । एक जनाले मात्र गरेर के हुन्छ र? भने संस्कृति छ आफैले अरुलाई प्रयास गरौं भन्न कमैले मात्र लागेको पाइन्छन् । गर्न थालेकालाई पनि गर्ने भन्दा नगर्ने वातावरण सिर्जना गर्ने धेरै हुन्छन् । तिनीहरुलाई हरपल निरुत्साहित नपारी हु“दैन । पछिल्ला दिनहरुमा आएर बा“डफा“ड र चाकडीको संस्कृति मौलाउ“दो छ । जुन प्रशासनिक क्षेत्रमा असुहाउ“दिलो धब्बा हो । योग्यता र क्षमताको आधारमा मात्रै सेवा प्रवाहको अवसर प्रदान गरिनु पर्दछ । ‘श्रीमानको जो निगाहा’ बाट अलिकति भएपनि माथि उठ्नुपर्छ । सबै क्षेत्र तथा वर्गले आ–आङ्खनो स्थानबाट सहयोग गर्नु आजका आश्यकता हुन् । चोरलाई शहर चौपारी बनाउनेहरुका हात खुट्टा राख्नैपर्छ भन्ने केही छैन । आजका दिनदेखि सबै सरोकारवालाहरुले आङ्खनो भित्री इमान्दारी र नैतिकताका साथमा तोकिएको परिधिमा रही व्यवहारिकताको कसीमा खरो उतार्न सकेको खण्डमा स्वतः सरकारी सेवामा सरलता आउने सम्भावना सन्निकट नै देखिएको छ ।

सन्दर्भ सामग्री स्रोत 
– प्रशासन सुधारका लागि गठन भएका विभिन्न आयोग तथा समितिका प्रतिवेदनहरू
– सरकारका तर्फबाट प्रशासन सुधारका पक्षमा भएका विभिन्न नीतिगत निर्णयहरू
– प्रशासन सुधार सम्बन्धी विभिन्न विज्ञका लेख तथा कृतिहरू

लेखक घर्ती इलाका प्रशासन कार्यालय वाणगंगाका प्रमुख हुनुहुन्छ । 

प्रकाशित मिति : २० भाद्र २०७४ मंगलबार ००:००  १० : ४९ बजे