१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

सार्वजनिक लेखा समितिले दुई मन्त्रीलाई स्पष्टीकरण सोध्ने !



रुपन्देहि, २१ भदौ ।
गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल र बेलहिया–बुटवल ६ लेन व्यापारिक मार्गको विषयमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा अनुपस्थित सरकारका दुई मन्त्रीलाई सार्वजनिक लेखा समितिले स्पष्टीकरण लिने भएको छ ।
समितिले पर्यटनमन्त्री जितेन्द्र देव र भौतिक पूर्वाधार मन्त्री बिरबहादुर बलायरलाई स्पष्टीकरण लिने भएको हो ।
राष्ट्रिय गौरवको गौतम वुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थल र बेलहिया(बुटवल सडकको स्थलगत अनुगमन गरेपछि भैरहवामा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा लेखा समितिका सभापति डोरप्रसाद उपाध्यायले दुवै मन्त्रीहरु औपचारिक जानकारी नै नगराई अनुपस्थित भएकाले स्पष्टिकरण लिइने बताउनुभयो ।

प्रकाशित मिति : २१ भाद्र २०७४ बुधबार ००:००  २ : ०४ बजे