२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

धनकौली स्वास्थ्य चौकिको सार्बजनिक सुनुवाई कार्यक्रम



अबिनाश बेल्बासे, कपिलबस्तु, २१ भदौ ।
कपिलवस्तुको बुद्धभुमि नगरपालिका अन्तरगत साविकको धनकौलि गाबिस अन्तर्गत धनकौलि स्वास्थ्य चौकिका लागि बिभिन्न सहयोग गर्ने सरोकारवाला निकायले बिभिन्न प्रतिबद्धताहरु गरेका छन ।

प्रतिबद्धतापत्रमा स्वास्थ्य चौकिमा प्रयाप्त औषधि उपलब्ध गराउने, वडा अध्यक्षसँग समन्वय गरी एम्बुलेन्स ल्याउन व्यबस्था गर्ने प्रतिबद्धता गरीएको छ ।

त्यस्तै प्रतिबद्धतापत्रमै महिला स्वयमसेबिकाका लागि तालिम, दराज र मोबाईलको व्यबस्था गर्ने, जनचेतना मुलक कार्यक्रम गर्ने लगायत प्रतिबद्धतामा उल्लेख गरीएको छ ।

प्रतिबद्धतापत्रमा बुद्धभुमि नगरपालिकाका स्वास्थ्य सँयोजक गोकर्ण अर्याल र धनकौलि स्वास्थ्य चौकिका प्रमुख सिद्धार्थकाजि बज्राचार्यले संयुक्त हस्ताक्षर गर्नुभएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७४ बुधबार ००:००  २ : २१ बजे