१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

दुवईमा नेपाली दम्पत्ति मृत्यु प्रकरण श्रीमतीको हत्यापछि आत्महत्या गरेको खुलासा



भदौ २१ । युएईको दुवईमा दुई हप्ता अघि भएको नेपाली दम्पत्तिको हत्या प्रकरणमा श्रीमान् आफै संलग्न भएको खुलेको छ । श्रीमती कल्पना सापकोटाको हत्या गरेर पर्शुराम सापकोटाले झुण्डिएर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको दुवई प्रहरीले जनाएको छ ।
श्रीमतीको घाँटी थिचेर चक्कु प्रहार गरी हत्या गरेपछि आफूले पनि झुण्डिएर आत्महत्या गरेको दुवई प्रहरीलाई उधृत गर्दै गल्फ न्युजले उल्लेख गरेको छ ।
डेरादुवई स्थित अल बराह क्षेत्रमा बस्दै आएका चितवनको रत्ननगर बछौलीका पर्शुराम र उहाँकी श्रीमती कल्पना सापकोटा गएको भदौ १० गते शनिबार आफ्नै कोठामा मृत अवस्थामा भेटिएका थिए । एउटै घरमा बसेकाहरुको भनाइ अनुसार पर्शुराम र कल्पना दिनहुँ झगडा गर्ने, आपसमा कुटपिटमा उत्रिने गरेका थिए ।
कल्पना ३ वर्ष अघि युएई आउनु भएको हो । कल्पनाले नै भिसाको व्यवस्था मिलाएपछि पर्शुराम यहाँ आउनु भएको थियो । कल्पना दुवई मलमा रहेको अलसाया कम्पनीको चिजकेक फ्याक्ट्री रेष्टुराँमा काम गर्नुहुन्थ्यो । पर्शुराम होटलमा सहयोगीका रुपमा काम गर्नुहुन्थ्यो ।

प्रकाशित मिति : २१ भाद्र २०७४ बुधबार ००:००  ७ : १८ बजे