१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

उपप्रधान तथा परराष्ट्रमन्त्री महरा चीन प्रस्थान



उपप्रधान तथा परराष्ट्रमन्त्री महरा चीन प्रस्थान

काठमाडौं, भदौ २१ । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा ६ दिने राजनीतिक भ्रमणका लागि बुधबार चीन प्रस्थान गर्नु भएको छ । चीनमा रहँदा उहाँले उच्च राजनीतिक भेटघाट गर्नु हुनेछ ।
बेइजिङमा उहाँले आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग भेटघाट गर्ने कार्यक्रम छ । महराले चिनियाँ कम्युनिष्ट पार्टीका एक उच्च नेतासँग पनि भेट गर्नुहुनेछ । तर भ्रमणमा कुनै सम्झौता वा समझदारीमा भने हस्ताक्षर नहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
बेइजिङ पछि महरा चीनको ब्यापारिक शहर ग्वाङजाओ जाने र त्यहाँ उहाँले नेपालको भर्खरै स्थापना भएको महाबाणिज्यदूतावास कार्यालयको उ्दघाटन गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : २१ भाद्र २०७४ बुधबार ००:००  ७ : २२ बजे