१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

उम्मेदवार छान्न विवाद हुँदा सिरहा कांग्रेसमा कुटाकुट, १० घाइते



काठमाडौं, भदौ २१ ।
उम्मेदवार छान्ने विषयमा विवाद हुँदा सिरहा कांग्रेसमा कुटाकुट भएको छ । सिरहा नगरपालिकाको मेयरको उम्मेदवार कांग्रेस कोषाअध्यक्ष सीतादेवी यादवका छोरो डा. सुभाषचन्द्र यादवलाई दिएपछि असन्तुष्ट उपेन्द्र यादव पक्षबिच कुटाकुट भएको हो ।
दुई पक्षको हानाहानमा १० जना घाइते भएका छन् । सिरहाका एसपी शेखर कोइरालाकाअनुसार जगदिश यादव गम्भीर घाइते हुनुभएको छ । उहाँको थप उपचारका लागि विराटनगर पठाइएको छ । अरुको अवस्था समान्य रहेको कोइरालाले जानकारी दिनुभयो ।
कुटाकुट पार्टी कार्यालयभित्र भएको थियो । अहिले अवस्था सामान्य भइसकेको र थप घटना हुन दिन सतर्कता अपनाइएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २१ भाद्र २०७४ बुधबार ००:००  ८ : ०१ बजे