१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

फेरि अनशन बस्ने डा. केसीको चेतावनी



काठमाडौं, भदौ २१ ।
एघाऔं पटकको अनशन तोडेको २२ दिनपछि वरिष्ठ डा. गोविन्द केसीले आफूसँग भएको सहमति कार्यान्वयन गर्न सरकारलाई बुधबार दिउँसो सम्मको समय दिनुभएको छ ।
उहाँले दिउँसो साढे ३ बजेसम्ममा यसअघि आफूसँग भएका सहमति कार्यान्वयन नभए बुधबारदेखि १२ औं पटकको अनसन सुरु गर्ने चेतावनी दिनुभएको छ ।
यसअघि गएको साउन ३१ गते २२ दिन अनशन बसेर अनशन तोडेका डा. केसीले सरकारले आफुसँग गरेको सहमति कार्यान्वयन नगरेको भन्दै फेरि अनशन बस्ने बताउनुभएको हो । काठमाडौं उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न नदिने भनिए पनि काठमाडौं मेडिकल कलेजलाई सम्बन्धन दिएको भन्दै निर्णय नसच्याए १२ औं पटकको अनशन बस्ने बताउनुभयो ।
चिकित्सा शिक्षा भित्रको विकृति अन्त्य, नेशनल मेडिकल कलेजको सम्बन्धन खारेज तथा मनमोहन मेडिकल कलेजलाई सम्बन्ध दिन नहुने भन्दै उहाँ अनशन बस्न लाग्नुभएको हो ।

प्रकाशित मिति : २१ भाद्र २०७४ बुधबार ००:००  ८ : ०३ बजे