१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

कावासोतीमा अज्ञात समूहले कारमा आगो लगाए



नवलपरासी, भदौ २१ ।
नवलपरासीको कावासोती नगरपालिका(३ थकालीचोकमा बुधबार दिउँसो १२ बजेतिर घरमा राखेको कारमा अज्ञात समूहले आगजनी गरिदिएका छन् ।
आफ्नै घरमा राखेको अवस्थामा कर्णबहादुर थापाको बा १४ च ५२३९ नम्बरको कारमा आगजनी गरीएको हो । आगजनीबाट कारको पछाडिको भाग जलेर क्षति भएको ईलाका प्रहरी कार्यालय नलपुरले जनाएको छ । आगजनी कसले र किन गरेको हो भन्ने नखुलेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७४ बुधबार ००:००  ८ : २० बजे