१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

शान्ति सुरक्षालाई बलियो बनाउन लागि सबै संग सहकार्य – डिसपी कार्की



धनराज कटेल, कैलाली, २१ भाद्र ।
कैलाली ईलाका प्रहरी कार्यालय टीकापुरका नव नियुक्त प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) टिका बहादुर कार्कीले टीकापुरको शान्ति सुरक्षालाई बलियो बनाउनका लागि सबैसंग सहकार्य गरेर अगाडि बढ्ने बताउनु भएको छ । ईलाका प्रहरी कार्यालय टीकापुरले टीकापुरका संचारकर्मीहरुसंग आयोजित भेटघाट तथा परिचयात्मक कार्यक्रममा बोल्दै डिएसपी कार्कीले सो कुरा बताउनुभएको हो ।

भर्खरै मात्र सरुवा भएर आउनु भएका डिएसपी कार्कीले टीकापुरको हितका लागि यहाँका जनप्रतिनिधि, राजनीतिक दल, उद्योगी, व्यवसायी, संचार क्षेत्र लगायत सबै पक्षसंग समन्वय र सहकार्य गरेर अघि बढ्ने बताउनभयो । उहँले सबैको सल्लाह, सुझाव र सहयोगका आधारमा आफूले यस क्षेत्रको सुरक्षा व्यवस्था सकेसम्म राम्रो गर्ने प्रतिवद्धता समेत जनाउनुभयो ।

कार्यक्रममा सहभागि पत्रकारहरुले टीकापुरको सुरक्षा व्यवस्थापन, लागु पदार्थ दुव्र्यशनी नियन्त्रण, चोरी निकासि, चेलीबेटी बेचविखन, सिमा सुरक्षा लगायतका विषयमा ध्यान दिन सुझाव दिएका थिए । यस्तै कार्यक्रममा सहभागि अधिकांश पत्रकारहरुले प्रहरी प्रशासनले सूचना प्रवाह गर्ने क्रममा आनकानी गर्न नहुनेमा जोड दिएका थिए ।

डिएसपी कार्की यस अघि प्रहरी युक्ति महाविद्यालय जर्गाहा नवलपरासीमा कार्यरत हुनुहुन्थ्यो । ९० जना सुरक्षाकर्मीको दरबन्दी रहेको ईलाका प्रहरी कार्यालय टीकापुरमा १ जना प्रहरी नायव उपरीक्षक, २ जना प्रहरी निरीक्षक, ६ जना प्रहरी नायव निरीक्षक, ९ जना प्रहरी सहायक निरीक्षक, १३ जना प्रहरी हवल्दार, प्रहरी जवान ३२ जना, प्रहरी कार्यालय सहयोगि ३ जना रहेको ईलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायव निरीक्षक निरक्षक रावलले जानकारी दिनुभयो ।

हुन त टीकापुरमा आउने प्रहरी प्रमुख हरुले शान्ति सुरक्षालाई कडा बनाउने भनेपनि अन्नत उनिहरु आफै अपराधिक क्रियाकलापमा संङ्गलग्न हुने गरेका पाइएका छन् ।

केहि समय अगाडी टीकापुरको जनस्थिरमा निकै लोकप्रियता कमाएका डिएपी गौतम मिश्र सरुवाभएपछि उनले टीकापुरको ढुकुटी लाई संरक्षण गरेको र त्यसमा स्वयम उनको लार्खौ रुपैया फसेको रहस्य खुलेको थियो भने त्यसपछि ईलाका प्रहरी कार्यलय टीकापुरका प्रहरी प्रमुख भएर आएका डिसपी सुदीराज पाठकले सार्वजनिक कार्यक्रम टीकापुरको सुरक्षा चुस्त बनाउने बताए ।

उनले सुरुवातीमा केहि अपराधि ब्यक्तिलाई सार्वजनिक गरेर सुरक्षाका हिसाबले टीकापुरमा लोकप्रिय भएका उनि अन्नत महाकाली यातायात संग मिलेर गाडी तस्करी गरेको प्रमाणित भएको थियो । तर्सथ अब डिसपि कार्कीको सुरक्षा ब्यवस्था कस्तो छ यो बिस्तारै प्रमाणित हुने छ ।

 

प्रकाशित मिति : २१ भाद्र २०७४ बुधबार ००:००  २ : १६ बजे