६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

बजेट अभावका कारण टीकापुर अस्पताल संकटमा, विरामीको भने चाप !



धनराज कटेल, कैलाली, २१ भाद्र ।

कैलालीको टीकापुरमा रहेको टीकापुर अस्पतालमा बजेट अभावले संकट उत्पन हुने देखिएको छ । विगतका बर्षमा स्वास्थ्य विभागले अस्पताल लाई प्रदान गदै आएको बजेट यसपटक बाट स्थानिय सरकारलाई जिम्मा दिर्दा यस्तो समस्या देखिएको हो । असारको महिनामा अस्पतालले बजेट पाउनुपर्ने भएपनि नगरपालिकाले अझै नगरसभा गर्न नसक्दा यस्तो समस्या देखिएको हो ।
अहिले दैनिक ५२० देखि ३०० जना सम्म बिरामी आउने गरेको टीकापुर अस्पतालमा प्राप्त कर्मचारी नहँुदा अस्पताल लाई सेवा प्रदान गर्न गाह्रो परेको छ । अर्को तर्फ टीकापुर नगरपालिका बजेट अभावको कारण देखाउदै केहि अस्पतालमा कार्यरत कर्मचारी हटाउनु पर्ने पत्र टीकापुर अस्पताललाई प्रदान गरेको छ ।
जम्मा १६ जना डाक्टरहरको दरबन्दि रहेको अस्पतालमा अहिले १ जना स्थायी र ४ जना अस्थायी गरि ५ जना काक्टरहरुले अहिले सेवा प्रदान गरिरहेका छन् । “जम्मा बजेट अस्पतालले पाउदा कुन कुन ठाउँमा खर्च हुन्छ त्यसमा मिलाउन सकिन्थ्यो अहिले सरकारले नगरपालिकालाई नै अख्तियारी दिएपछि उसले कसरी बजेट विनियोजन गर्छ त्यसै अनुरुप कर्मचारी हटाउने की थप्ने भन्ने कुरामा भर पर्छ” टीकापुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट नरेन्द्र खनालले भने ।
अपस्तालमा दैनिक बिरामीको चाप बढेपछि कर्मचारी थप गरेर भएपनि सेवा प्रदान गर्ने मस्थितीमा टीकापुर अस्पताल प्रशासन रहेको बेला टीकापुर नगरपालिकाले आफ्नो नगरसभा हुनु भन्दा पहिले नै अस्पताललाई कर्मचारी थप नगर्न भने पछि अब अस्पतालले कर्मचारी थप गर्न भन्दापनि अस्पतामा कार्यरत केहि कर्मचारी हटाउनु पर्ने अवस्था सिर्जना भएको छ ।
अहिले अस्पतालमा ल्याप, अनमी र नर्स गरि ४ जना कर्मचारी थप गरी अस्पतालको नाममा आएको बजेटमा उनिहरुलाई तलब सेवा प्रदान गरेको भएपनि नगरपालिले भने अहिले २ जनालाई मात्रै तलब सेवा सुविधा दिन सक्ने भएकाले अन्य कर्मचारी थप्प नगर्न अस्पताललाई पत्रचार गरेपछि अस्पताललाई अब कर्मचारी नयाँ कर्मचारी थप गर्ने भन्दापनि अस्पतालमा कार्यरत कर्मचारी हटाउनु पर्ने बाध्यता आइ लाग्ने देखिएको छ ।
एक तर्फ प्राप्त दरबन्दी अनुसार डाक्टर नहुने अर्को तर्फ बिरामी दैनिक बढदै गएपनि कर्मचारी आवश्यकता अनुसार टीकापुर अस्पतालमा नहुने हो भने भोलि भयाभह अवस्था सिर्जना हुने संकेत गरेको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७४ बुधबार ००:००  २ : २९ बजे