६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

साढे ५ करोडको लागतमा राप्ती आखाँ अस्पतालको भवन बन्दै



शरद रेग्मी, दाङ, २२ भाद्र ।
राप्ती आँखा अस्पताललाई राप्ती अञ्चलको नमुना तथा सुविधा सम्पन्न अस्पतालको रुपमा विकास गर्ने एक कार्यक्रमका बक्ताहरुले बताएका छन ।

निमार्णाधिन बहिरङ भवनको शिलान्यास कार्यक्रमका बोल्ने बक्ताहरुले त्यस्तो बताएका हुन । बक्ताहरुले राप्ति आखा अस्पतालले राप्ति अंचलमा अन्धोपन निवारणका लागि अह्म भुमिका निर्वाह गरेको भन्दै अस्पताललाई नमुना अस्पताल बनाउने बताएका हुन ।

भवनको शिलान्यास सांसद वुद्धिराम भण्डारी, स्थानीय दाता नारायण आचार्य, दातृनिकायका प्रतिनिधि हरिशरण विष्ट र नेपाल नेत्रज्योति संघ दाङका सभापति कृष्णकुमार गिरीले संयूक्त रुपमा गर्नु भएको हो । अस्पताल परिसरमा निर्माण हुन लागेको भवनको लागत स्टमेट पाँच करोड ३९ लाख ५८ हजार रहेको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७४ बिहिबार ००:००  २ : २९ बजे