८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

हतकडी सहित अयिभुक्त फरार, प्रहरी माथि आशंका !



बुटवल, २३ भाद्र ।
कपिलवस्तु प्रहरीको नियन्त्रणमा रहेका एकव्यक्ति चितवनबाट हत्कडी सहित भागेका छन् । मानव बेचविखन आरोपमा कृष्णनगर प्रहरीले नियन्त्रणमा लिएका मंगला गाउंपालिकाका ३ म्याग्दीका सन्देश किसान सोमबार राती हत्कडी सहित भागेको बताईएको छ ।
प्रहरी श्रोतका अनुसार २१ बर्षिय किसानलाई बानेश्वर प्रहरीको आग्रहमा सोमबार कृष्णनगर प्रहरीले काठमाण्डौ लैजादै थियो ।
प्रहरी हवल्दार हरिबहादुर बिष्टको साथमा काठमाण्डौ लगिदै गरेका किसान हत्कडी संगै फरार भएपछि प्रहरीमा मिलोमतोको आशंका व्यापक उत्पन्न भएको छ । फरार भएका किसानको हातमा रहेको हत्कडी ईच्छा कामना गाऊंपालिका वडा नं ६ मुग्लिङ नजिकै सडक छेउंमा भेटिएको चितवन प्रहरीले बताएको छ ।
घटनामा प्रहरीको लापरवाहि भएकोले गुपचुपमै भित्रभित्रै मिलाएर सामसुम पार्न खोजिएको बुझिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार घटनाको अनुसन्धान कपिलवस्तु प्रहरीले गरिरहेको छ ।
प्रहरीको साथ लागेर पठाईएका व्यक्ती हत्कडीसंगै भागेको केही समयमै सडक किनारमा हत्कडी भेटीनुलाई रहस्यपुर्ण रुपमा हेरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रल्हाद अधिकारीले काठमाण्डौं लैंजादै गर्दा अभियुक्त फरार भएको र उसको खोजी भईरहेको बताउनुभयो ।

प्रकाशित मिति : २३ भाद्र २०७४ शुक्रबार ००:००  ४ : ४७ बजे