१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

अग्रिम टिकट बुकिङ नखुलाउने यातायात व्यवसायीलाई कारबाही गरिने



काठमाडौं, भर्दा २३ ।
दसैंका लागि अग्रिम टिकट बुकिङ नखुलाउने यातायात व्यवसायीलाई सरकारले कारबाही गर्ने भएको छ ।
बिहीबारदेखि अग्रिम टिकट बुकिङ खुलाउन यसअघि नै व्यवसायी र यातायात व्यवस्था विभागबिच सहमती भए पनि उनीहरुले भाडा बढाउन र छतमा यात्रु राख्न पाउनुपर्ने माग गर्दै टिकट बुकिङ गर्न आनाकानी गरेपछि विभागले कारवाहीको तयारी गरेको हो ।
बिहीबार टिकट बुकिङ नगरेका व्यवसायीलाई शुक्रबार टिकट बुकिङ खुलाउन लिखित निर्देशन दिने र त्यसको पनि अटेर गरे जरिवानादेखि रुट इजाजत खारेजसम्म गर्ने निर्णय गरिएको विभागका महानिर्देशक रुपनारायण भट्टराईले उज्यालो अनलाइनलाई बताउनुभयो ।
उहाँले कुनै पनि हालतमा छतमा यात्रु राख्न नदिने भन्दै त्यसो गरेको भेटिए इजाजत खारेज गरिदिने स्पष्ट पार्नुभयो ।
यस्तै महानिर्देशक भट्टराईले शुक्रबारदेखि १० वटा अनुगमन टोली खटिएको जानकारी पनि दिनुभयो । टोलीले बढी भाडा लिए, सिटभन्दा बढी यात्रु राखे, गाडीको मोडल परिवर्तन गरेर चलाए र रुट इजाजत नलिइ चलाएको भेटिए कानुन अनुसार ५ हजार जरिवानादेखि इजाजत रद्दसम्म गरिदिने उहाँले बताउनुभएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७४ शुक्रबार ००:००  ५ : ०४ बजे