१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

नारायणकाजी श्रेष्ठ भन्छन् संघीयता भनेको फेसन होइन्



महोत्तरी, भदौ २३ ।
नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले अगामी मंसिरमा हुने चुनावपछि संविधान कार्यान्वयन हुने बताउनुभएको छ ।
नेपालको संविधानमा समावेशिता, समानुपातिक, धर्म्निरेपेक्षता र गणतन्त्र समावेश गरिएकोले अगामी मंसीरमा हुने चुनावपछि संविधान पूर्ण रुपमा कार्यान्वयन हुने श्रेष्ठले बताउनुभयो ।
संघीयता भनेको फेसन होइन, पहिचान र विकासको मेरुदण्ड रहेको बताउनुहुँदै नेता श्रेष्ठले संघीयताको लागि मधेशी नागरिकले विभिन्न समयमा आन्दोलन गर्दा देशमा संघीयता लागु भएको बताउनुभयो ।
बिहीबार महोत्तरीको गौशालामा नेकपा माओवादी केन्द्रले आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै माओवादीप्रति मधेशी नागरिकहरुको झुकाव बढदै गइरहेको समेत बताउनुभयो ।
प्रदेश नं. २ मा नागरिकले माओवादीप्रति विश्वास गर्दै आएको कारणले धमाधम मधेशी नेताहरु माओवादीमा प्रवेश गर्दै आउनु यसको प्रत्यक्ष उदाहरण रहेको धारणा राख्नुभयो ।

प्रकाशित मिति : २३ भाद्र २०७४ शुक्रबार ००:००  ५ : ०८ बजे