१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

पाँच हजारको जग्गा अधिग्रहण गर्दा ४० जनालाई मात्रै क्षतिपुर्ति



भैरहवा, २४ भाद्र ।
भैरहवामा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल आयोजनाले ५ हजार कित्ताभन्दा बढि ५ सय बिगाहा क्षेत्रफल जग्गा अधिग्रहण गरेको छ ।

ती घर जग्गा गत जेठबाट किनबेचमा रोक्का भइसकेका छन् । तर, अहिलेसम्म जम्मा ४० जनाले मात्रै क्षतिपूर्ति पाएका छन् । अधिग्रहण बापत आयोजनाले २३ अर्ब ५९ करोड भुक्तानि गर्नु पर्नेछ । अहिलेसम्म ११ करोड ५२ लाख मात्रै भुक्तानी भएको छ ।

झुक्तानी पनि नपाउने र किनबेच गर्न नपाउदा स्थानीय आक्रोशित छन् । अधिग्रहण गरेको जग्गामा पनि लाभकर लिईने नियमले स्थानीय झन् पीडित छन् । आयोजना निमित्त निर्देशक चा“दमाला श्रेष्ठले कर्मचारी अभाव र अर्थ मन्त्रालयको निर्देशन अनुसार लाभकर विना मुआव्जा दिन नपाउदा समस्या भएको बताउनुभयो ।

यसै साता भैरहवामा आयोजीत सार्वजनिक लेखा समिति बैठकले जग्गा अधिग्रहण गर्दा लाग्ने लाभकरको कानुनी प्रावधान परिवर्तन गर्नुपर्ने राय दिएको छ । तर यसलाई परिवर्तन गर्नेतर्फ भने कोही लागेको छैन ।

प्रकाशित मिति : २४ भाद्र २०७४ शनिबार ००:००  २ : ०९ बजे