१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

प्रदेश नम्बर २ को चुनावी तयारी अन्तिम चरणमा



काठमाडौं, भदौ २५ । प्रदेश नम्बर २ मा एक हप्तापछि हुने चुनावको तयारी अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ । आउँदो असोज २ गते प्रदेश नम्बर २ को ८ जिल्लाका १ सय ३६ स्थानीय तहमा हुने चुनावको तयारी अन्तिम चरणमा पुगेको आयोगका प्रवक्ता नवराज ढकालले बताउनुभयो ।
उहाँका अनुसार मतदातका लागि आउँदो बिहीबारसम्ममा सबै मतदान केन्द्रमा मतदान अधिकृतसहितका कर्मचारी पुग्नेछन् । आयोगले हरेक केन्द्रमा कम्तिमा पनि ६ जना कर्मचारी खटाउन लागेको उहाँले जानकारी दिनुभयो । आयोगले प्रदेश नम्बर २ मा ३ हजार ५ सय ७८ मतदान केन्द्र तोकेको छ ।
यसैबिच आयोगले चुनावमा सहभागी हुने सबै राजनीतिक दललाई शनिबार चुनाव चिन्ह दिएपछि उम्मेदवारले चुनावी प्रचारप्रसारलाई अझै तीब्र बनाएका छन् ।

प्रकाशित मिति : २५ भाद्र २०७४ आइतबार ००:००  ५ : ३४ बजे