१९ बैशाख २०८१, बुधबार | Thu May 2 2024

मध्यरातमा युवती एक्कासी गायब भएपछि !



२५ भदौ, प्युठान ।
शनिबार राती करिव ११ बजेको समय।प्रहरी हवलदार नुम ब के सि लाई अचानक पेट दुख्यो।उनि ट्वाइलेट गए । ट्वाइलेट को छेउमा रहेको हुलाकको बाहिर एक १४र१५ बर्षिया किशोरी सेतो पहिरनमा बसिरहेकी थिइन। सरुमारानी ४ स्थित अस्थायी प्रहरी चौकि बड्डडाडाका हवाल्दार केसिले सोधे “तपाईं को हो?कहाबाट आउनुभो ?” म भालुबाङबाट लामाचौर जान लागेकी अलपत्र परे फोन दिनुन फोन गर्छु। ती किशोरीले जवाफ फर्काइन। हवल्दार सङ्ग फोन थिएन उनले भने मसङ्ग फोन छैन नानी एक छिन पछि है।अनि ट्वाइलेट गरेर अफिस कोठामा आयर प्रहरी जवानलाई एक जना बहिनी अलपत्र अबस्थामा छिन जाउ त भाइ फोन गराउ भनेपछि प्रहरी ती किश्वरी भएको ठाउमा पुगे।
त्यस्तै ५ र७ मिनेट कुरा भएछ प्रहरीले सोधेछ्न कहा बाट आएको? ती किशोरीले भनेछिन बडडाडा साथी लाई भेटन आयको फोन गर्छु मुबाइल दिनु न ।प्रहरीले फोन दिएपछि उनले डायल गरेछिन फोन स्युइचअफ भनेछ ।
प्रहरी अफिस फर्किए र असइ सङ्ग रिपोटिङ गरे। असै सापले हामी सबै जाउ र यहा राख्न भएन को हो ?देबिस्थान पठाइदिउ भनेर त्यति कुरा गरेर ति किशोरी भए तर्फ जांदा जम्म ३ मिनेट समय मात्र बितेको थियो । उक्त स्थानमा प्रहरी फेरि जांदा अपरिचित केटि थिइनन ।प्रहरी रातको २बजे सम्म ती किशोरीको खोजी कार्यमा लाग्यो ।
तर ती नानी भेटिएन्न।अस्थाइ प्रहरि पोष्ट्र बडडाडाको प्रहरी हैरान पर्यो । यसरी ती महिला एकाएक गायब भएपछी यो घटनाले पुरै बडडाडामा चर्चा पाएको छ । अझ अचम्म त के भने ती किशोरीले डायल गरेको नम्बर समेत मोबाइलमा थिएन। हवलदार नुम बहादुर के सि भन्छन। बडडाडामा अनौठो घटना घट्यो सङ्का किच्कन्याको।

प्रकाशित मिति : २५ भाद्र २०७४ आइतबार ००:००  ७ : ५५ बजे