७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

चीनमा डिजेल र पेट्रोलबाट चल्ने गाडी प्रतिबन्धित



 

भदौ २५ । चीनले डिजेल र पेट्रोलबाट चल्ने गाडीको उत्पादन र बिक्रिलाई प्रतिबन्ध लगाउने तयारी थालेको छ । चीनका उद्योगसम्बन्धी उपमन्त्रीले डिजेल र पेट्रोलका गाडीमाथिको प्रतिबन्ध लगाउने विषयमा अनुसन्धान थालिएको जानकारी दिँदै प्रतिबन्ध लागू गर्ने मिति भने तय नभएको बताएका बिबिसीले जनाएको छ ।
चीनले गत वर्ष २ करोड ८० लाख गाडी उत्पादन गरेको थियो जुन विश्वकै तेस्रो धेरै उत्पादन हो । चीनका विभिन्न कार कम्पनीले पनि आफ्ना उत्पादनलाई बिजुलीबाट चल्ने ढाँचामा बदल्न सुरु गरिसकेका छन् ।
यसअघि बेलायत र फ्रान्सले पनि सन् २०४० भित्र डिजेल र पेट्रोलबाट चल्ने गाडीको उत्पादन बन्द गर्ने योजना अघि सारेका थिए । यो निर्णयसँगै चीनमा तेलको माग पनि घट्ने अनुमान गरिएको छ । अमेरिकापछि पेट्रोलियम पदार्थ धेरै प्रयोग गर्ने देशको सूचीमा चीन दोस्रो स्थानमा पर्छ ।

प्रकाशित मिति : २५ भाद्र २०७४ आइतबार ००:००  १२ : ३१ बजे