७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

अफगानिस्तानमा तालिबान कमाण्डरसहित १२ लडाकू मारिए



भदौ २५ ।अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तमा पर्ने क्वाला ए जाल जिल्लामा आइतबार एकजना तालिबान कमाण्डरसहित १२ जना तालिबान लडाकू मारिएका छन् ।
“सुरक्षा फौजले तालिबानलाई हटाउन क्वाला ए जाल जिल्लाको घुसी गाँउमा आइतबार विहानै कारबाही गरेको थियो, सो कारबाहीमा परी तालिबानका एकजना कुख्यात कमाण्डर मावलावी इस्माइल सहितचार जनाको घटनास्थलमै मृत्यु भएको छ,” जिल्ला गभर्नर अब्दुल मोमीनले सिन्ह्वालाई भन्नुभयो ।
भिडन्तका क्रममा अरु दुई जना लडाकू घाइते भएको सरकारी अधिकारीहरुले पुष्टी गरेका छन् । घटनाका बारेमा तालिवान लडाकूको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।
उक्त प्रान्तमा तालिबान लुकेर बसेको सूचनाको आधारमा सेनाले कारबाही थालेको थियो । सो कारबाही अहिले पनि जारी रहेको छ ।
त्यसैगरी दक्षिणी हेल्मन्ड प्रान्तमा भएको सुरक्षा कारबाहीमा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ भने अरु सात जना घाइते भएका छन् ।
“गत चौबिस घण्टामा अफगानिस्तानको सुरक्षा फौजले साङगीन, नाहरी, सार्राज, गर्मसेर र वाशेर जिल्लामा गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा ५ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्,” सरकारद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिका अनुसार सोही अवधिमा अरु तीन जना याख्चाल क्षेत्रमा मारिएका छन् भने चार जना घाइते भएका छन् । हेल्मड प्रान्तमा तालिबानको दह्रो प्रभाव बढ्दै गएको छ । रासस÷सिन्ह्वा

प्रकाशित मिति : २५ भाद्र २०७४ आइतबार ००:००  १२ : ३२ बजे