७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

एनआरएन कोरियाको अध्यक्षमा लक्ष्मी लामा निर्वाचित



शिब भुसाल, सोल, १० सेप्टेम्बर ।
गैर आवासीय नेपाली संघ दक्षिण कोरीयाको छैठौँ अधिवेशनबाटअध्यक्षमा लक्ष्मी लामा गुरुगं निर्वाचित भएकी छन् । आईतबार भएको मतदानको साँझ घोषणा गरिएको मत परिणाम अनुसार गुरुंग निर्वाचित भएकी हुन् ।
त्यस्तै महासचिवमा ईन्दिरा तीवारी, बरिष्ठ उपाध्यक्षमा दिलिप कुमार गुरुंग, उपाध्यक्षमा साजन शर्मा, अमृत राई र जीवन कुमार थापा विजयी भएका छन् । त्यस्तै सचिवमा नेत्र नारायण पौडेल र नविन पुडाशैनि, कोषाध्यक्षमा लोक बहादुर वानीया, सह कोषाध्यक्षमा जीत बहादुर सारु, एनसिसि सदस्यमा लोचन राई र प्रकाश धमला विजयी भएका छन् । अन्य ८ जना सदस्यमा विजयी भएको निर्वाचन अधिकृत केपी सिटौलाले जानकारी दिए ।
यसअघि अध्यक्षमा दावी गर्दै ५ जनाले उमेद्वारी दिएकोमा पछि ओम नारायण जुकझालीलाई समर्थन गर्दै २ जना उमेद्वारहरुले उमेद्वारी फिर्ता लिएका थिए ।

प्रकाशित मिति : २५ भाद्र २०७४ आइतबार ००:००  ३ : ३६ बजे