१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

धादिङको विशालटरमा बस दुर्घटना, ३१ जना घाइते



धादिङ, २७ भाद्र ।
धादिङको विशालटारमा मंगलबार बिहान बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । बेनिघाट रोराङ गाउँपालिकाको विशालटारमा लु २ ख ६६३० नम्बरको बस अनियन्त्रित भइ सडकबाट तल खसेर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक कृष्णप्रसाद सापकोटाले बताउनुभयो । काठमाडौंबाट छुटेको गाडीमा ४४ जना यात्रु रहेकोमा ३१ जना घाइते भएका हुन् ।
घाइते मध्ये चारजनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि काठमाडौं वीर अस्पताल लगिएको छ । अरुको मलेखुमा रहेको राजमार्ग सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २७ भाद्र २०७४ मंगलबार ००:००  १ : ५८ बजे